डढेलोमा जलेर बालिकाको मृत्यु

गुल्मी, २० चैत । गुल्मीमा आगलागीमा परेर एक बालिकाको मृत्यु भएको छ ।

धुर्कोट गाउँपालिका–७ वाग्ला धाराखोलीकी ९ वर्षकी संगीता परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।

शुक्रबार घर नजिकैको खोलामा नुहाएर घर फर्किने क्रममा सल्ला सामुदायिक वनको डढेलोमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here