बागलुङ, १९ चैत । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको महासचिवमा दिल शिरीषले उम्मेदवारी दर्ता गराउनुभएको छ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष शिरीषले बिहिबार गण्डकी प्रदेशको महासचिवमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

चैत २५ गते हुन गइरहेको नेपाल पत्रकार महासंघको निर्वाचनको लागि बागलुङबाट गण्डकी प्रदेशको महासचिवमा शिरीष सहित सदस्यहरुमा ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

केन्द्रीय समितिमा जस्तै गण्डकी प्रदेशमा (प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारीको समानन्तर सहित ११ समुहको) संयुक्त गठबन्धन र प्रेस चौतारी नेपालको प्यानलबाट उम्मेदवारी दर्ता गराइएको छ । शिरीषले महासचिवमा प्रेस चौतारीको प्यानलबाट उम्मेदवारी दर्ता गराउनुभएको हो ।

महासचिवमा शिरीषले प्रेस चौतारी नेपाल गण्डकी प्रदेका सह–संयोजक बिद्रोही गिरी प्रस्तावक तथा प्रेस चौतारी कास्कीका संयोजक अर्जुन गिरीको सर्मथकमा उमेद्ववारी दर्ता गराउनुभएको छ । शिरीष पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष हुनुहुन्छ ।

गण्डकी प्रदेशको खुल्ला सदस्यमा प्रेस चौतारीको प्यानलबाट बागलुङका कृष्ण कंडेलले उम्मेदवारी दर्ता गराएका छन्भने संयुक्त गठबन्धनबाट ताराप्रसाद शर्मा, थम्मन थापा र लोकेन्द्र बहादुर सुनारले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै सदस्य (दलित)मा प्रेस चौतारीबाट रविना बोहोराले उम्मेदवारी दर्ता गराउनुभएको छ । सदस्य (महिला)मा संयुक्त गठबन्धनबाट रञ्जिता शर्माले र सदस्य (अल्पसंख्यक)मा प्रदम छन्त्यालले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

आज देशभरका सात वटै प्रदेश समितिमा मनोनयन दर्ता गर्नका लागि निर्वाचन कार्यतालिका तोकिएको थियो ।

प्रदेशको अध्यक्षको लागि प्रेस चौतारीको प्यानलबाट दिपेन्द्र श्रेष्ठ र गठबन्धनको तर्फबाट नारायणप्रसाद शर्माले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै अध्यक्षमा मोहन कुमार विष्ट (आरजु विष्ट सल्यानी) र एल.पी. वञ्जरा (लोकनाथ)ले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवार उपरको दाबी विरोध भोली शुक्रबार दिउँसो १२ः३० बजेसम्म र उम्मेदवारी फिर्ता दिउँसो ४ बजेसम्म रहेको छ ।

महासंघको चुनाव आगामी चैत २५ गते हुँदैछ ।

कुन पदमा कसको उम्मेदवारी हेर्नुहोस्

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here