बडिगाडमा बम गराउने क्रममा विस्फोट हुँदा दुई जना गम्भिर घाईते

बागलुङ, १९ चैत । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा बम विस्फोट हुँदा दुई जना घाईते भएका छन् ।

माछा मार्नको लागि बम गराउने क्रममा विस्फोट हुँदा दुई जना घाईते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक कृष्ण बहादुर पल्ली मगरले जानकारी दिनुभयो । उहाँले बम गराउने क्रममा अचानक विस्फोट हुँदा बडिगाड गाउँपालिका–२ का ३१ बर्षिय मित्र राना र गुल्मी जिल्ला मुसिकोट नगरपालिका १ घर भइ बडिगाड गाउँपालिका २ शिवचौरमा डेरा गरी बस्ने २७ बर्षिय अरुण कुमार पुन घाईते भएको बताउनुभयो । उनीहरुको अवस्था गम्भिर रहेको एसपि मगरले बताउनुभयो

घाईतेहरुलाई उपचारको लागि पाल्पाको प्रभास अस्पतालमा पठाइएको छ । उनीहरुको टाउँको, हात र खुट्टामा चोट लागेको एसपि मगरले बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here