बागलुङ, १९ चैत । बागलुङका थप ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा बिहिबार गरिएको पिसिआर परिक्षणमा बागलुङका पाँच जनालाई कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

निर्देशक शर्माले जारी गरेको प्रेस विज्ञप्ती अनुसार बागलुङ नगरपालिका वडा नम्बर १ की ५३ बर्षिया एक जना महिला, वडा नम्बर ३ का ३१ र २५ बर्षिय दुई जना पुरुष र वडा नम्बर ४ का १४ बर्षिय एक जना पुरुष र १८ बर्षिय एक जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here