काठमाडाैं, १८ चैत । नेपाल राष्ट्र बैंकले अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिदबापतको भुक्तानी गर्ने प्रयोजनका लागि परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न स्वीकृति दिएपछि विभिन्न बैंकहरूले धमाधम ई–कार्ड सञ्चालनमा ल्याउन थालेका छन् ।

सनराइज बैंकले डिजिटल बैंकिङअन्तर्गत सनराइज ई–कार्ड सञ्चालनमा ल्याएको जनाएको छ । त्यस्तै एनआईसी एसिया बैंकले पनि एक प्रेस विज्ञप्ति जारी गरी यस्तो सेवा सञ्चालनमा ल्याएको छ ।

यसअघि नबिल बैंकले यो सेवा सञ्चालनमा ल्याइसकेको छ। डलर कार्ड जारी गर्ने क्रममा ग्लोबल आईएमई बैंकले ‘ग्लोबल इकम डलर कार्ड’ नाम दिएर डलर कार्ड जारी गरेको छ। माछापुच्छ्रे बैंकले एमबीएल स्मार्ट डलर कार्ड सञ्चालनमा ल्याएको छ। बैंकमा खाता भएका ग्राहकले आफ्नो प्यान कार्ड पेस गरी अमेरिकी डलर पाँच बराबरको कार्ड प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल) ले पनि ‘एनआईबीएल भी–प्रिपेड इन्टरनेसनल कार्ड’ नाम दिएर सेवा सुरु गरेको छ। भर्चुअल कार्डमार्फत ग्राहकले अमेरिकी डलर बराबरको नेपाली मुद्रामा परिवर्तन गर्न सक्ने जनाएको छ। पाँच सय अमेरिकी डलर एक वर्षका लागि भएको भन्दै बैंकले ग्राहकका लागि ३५ दिन ३५ प्रतिशत छुट सुविधा पनि ल्याएको छ। एनएमबीले बैंकले पनि प्रिपेड कार्ड ल्याएको छ। हिमालयन बैंकले पनि अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि ‘डलर प्रिपेड कार्ड’ सुविधा ल्याएको छ।

सिद्धार्थ बैंकले सिद्धार्थ इकम कार्ड सञ्चालनमा ल्याएको छ। राष्ट्र बैंकले उपलब्ध गराएको यो सुविधाअन्तर्गत बैंकमा खाता भएका ग्राहकले आफ्नो प्यान कार्ड पेस गरी पाँच सय अमेरिकी डलर बराबरको कार्ड प्राप्त गर्न सक्ने नेपाल राष्ट्र बैंकको परिपत्रमा उल्लेख छ। इ–कार्डमार्फत भारत र भुटानबाहेक विश्वर्का अन्य मुलुकबाट वार्षिक अधिकतम पाँच सय अमेरिकी डलर बराबरको इकमर्स साइटमार्फत अनलाइन वस्तु तथा सेवा खरिदबापतको भुक्तानी गर्न सकिनेछ। यस कार्डमार्फत ग्राहकले एकै पटक वा पटक पटकगरी उक्त मात्राको कारोबार गर्न सक्ने बैंकले जनाएको छ। गोरखापत्रमा खबर छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here