
बागलुङ, १७ चैत । बागलुङ नगरपालिका वडा नम्बर २ हरिशंकर रोडमा रहेको ग्रील एण्ड चिल रेस्टुरेन्ट सेकुवा एण्ड तन्दुरी रेस्टुरेन्टमा मंगलबार दिउँसो आगलागी भएको छ ।
रेष्टुरेन्टको किचनमा ग्याँस लिक भई लागलागी भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिनुभयो । उहाँले आगलागीबाट रेष्टुरेन्ट पूर्ण रुपमा क्षती भएको बताउनुभयो । ‘ग्याँस लिक भइ आगलागी भएको जानकारी आएको छ,’ प्रनाउ हवारीले भन्नुभयो–‘आगलागीबाट नगद र जिन्सीसमेत गरि १० लाख बराबरको क्षति भएको छ ।’
रेष्टुरेन्टमा लागेको आगो केहीबेरमै दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयको सक्रियतामा नियन्त्रणमा लिइएको थियो ।









