बागलुङमा दुई महिने ढाका बुनाई तालिम सकियो

बागलुङ, १६ चैत । बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले रोजगारीको खोजीमा भौतारिनु भन्दा स्वरोजगार बनेर आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभएको छ । घरेलु तथा साना उद्योग कार्यालय बागलुङले आयोजना गरेको ढाका बुनाइ तालिमको समापन कार्यक्रममा बोल्दै उहाँले स्वरोजगारका अबसरहरु प्रसस्त भएकोले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभएको हो ।

पुरानो प्रबिधिहरुलाई समयानुकूल परिमार्जन गर्दै ब्याबसायिक रुममा काम गर्न सकेमा आत्मनिर्भर बन्न सकिने उहाँको भनाई थियो । ब्याबसायीक सिप र दक्षता हासिल गर्दै गुणस्तरिय सेवा र उत्पादन बढाउनु जरुरी रहेको पौडेलले बताउनुभयो । स्थानीय सरकारले पनि उद्यमशिलता विकास कार्यक्रम मार्फत स्वरोजगार बन्न प्रेरित गरिरहेको उहाँले बताउनुभयो ।

ढाकाका कपडाहरुको माग बढिरहेको र राम्रो मूल्य पर्ने भएको कारण सहभागी सबैले निरन्तर रुपमा उत्पादन गर्न नगरप्रमुख पौडेलको आग्रह थियो । घरेलु तथा साना उद्योग कार्यालय संगको समन्वयमा नगरपालिकाले लघु उद्यमबाट उत्पादित बस्तुहरूको संकलन र बिक्री केन्द्र समेत संचालन गर्न सहयोग गर्ने उहाँको भनाई छ ।

कार्यक्रममा नगरप्रमुख पौडेलले दुइ महिने ढाका बुनाइ तालिममा सहभागिहरुलाइ प्रमाणपत्र बितरण गर्नु भएको थियो । महिलाहरुलाइ आत्मनिर्भर बन्दै आफ्नो घरायसी खर्च जोहो गर्न सक्षम बनाउने उदेश्य सहित तालिम संचालन गरेको कार्यालय प्रमुख गुमादेबि शर्माले बताउनु भयो । न्युन श्रोतलाइ अधिकतम प्रयोग गरेर सहभागीलाइ दक्षता हासिल गराउनु सफल भएको उहाको भनाइ छ ।

तालिममा जिल्लाका विभिन्न स्थानीय तहबाट ३० जना प्रशिक्षार्थी सहभागी भएको कार्यालय प्रमुख शर्माले जानकारी दिनुभयो । सहभागी हरुलाइ ६ थान ढाका बुन्ने तान समेत वितरण गर्ने शर्माले जानकारी दिनुभयो ।दुइ महिने तालिमको सहजीकरण ढाका बुनाइ गरिरहनु भएकि लक्षिमा थापाले गर्नुभएको थियो ।

कार्यक्रम कार्यालयका लेखा अधिकृत यामबहादुर थापा मगरको संचालनमा सम्पन्न भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here