ढोरपाटनमा गोरु काटिरहेको अवस्थामा ५ जना पक्राउ

बागलुङ, १२ चैत । बागलुङको ढोरपाटन नगरपालिका–८ भित्ता टोलमा गोरु काटिरहेको अवस्थामा प्रहरीलाई पाँच जनालाई पक्राउ गरेको छ ।

बुधबार साँझ ८ बजेर ४५ मिनेटमा ढोरपाटन–८ भित्ता टोल स्थित पाखोबारीमा गोरु काटिरहेको भन्ने खबरको आधारमा प्रहरी चौकी ढोरपाटनबाट खटिएको टोलीले कालो रङको गोरु काटिरहेको अवस्थामा मासु सहित सोहि स्थानका पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी (डिएसपि) इकवाल हवारीले जानकारी दिनुभयो ।

प्रहरीले गोरु काटिरहेको अवस्थामा ढोरपाटन नगरपालिका ८ भित्ता टोलका ४९ बर्षिय मन बहादुर वि.क., सोहि स्थानका ४४ बर्षिय नन्दराम विक, ३८ बर्षिया पुनी विक, ३६ बर्षिया मिना विक र ढोरपाटन नगरपालिका २ घर भइ हाल ८ भित्ता टोल बस्ने ३६ वर्षका हरि परियालाई पक्राउ गरेको डिएसपि हवारीले बताउनुभयो ।

पक्राउ परेका सवैलाई जनालाई मुलुकी ऐनको गौवध सम्बन्धी कसुरमा मुद्धा चलाईने प्रहरीले जनाएको छ । मुलुकी ऐनको चौपाया सम्बन्धी महल ७ को ११ नम्बरमा गोरु काट्नेलाई १२ वर्ष र सहयोग गर्नेलाई ६ वर्ष कैद सजाय हुने कानुनी व्यवस्था छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here