
सुवास आचार्य
बागलुङ, ११ चैत । पर्बतको जलजला गाउँपालिकामा ८ लस्तीमा फागुपुर्णिमा मेला तथा प्रथम लस्ती कप फुटवल प्रतियोगिता सुरु भएको छ । फागुपुर्णिमा पर्वको अवसरमा लस्ती युवा क्लवको आयोजनाम मेला सुरु भएको हो ।
मेलाको उद्घाटन गर्दै जलजला गाउपालिकाका अध्यक्ष याम वहादुर मल्ल रामकृष्णले खेलकुलको विकासका लागि वडातहमा स्तरीय खेलमैदान निर्माण गर्न आवश्यक रहेको बताउनु भयो । खेल अनुशासनको प्रतिक भएकोले खेलाडी भएको समाज र बस्ती अनुशासित हुने गरेको बताउनुभयो ।
मल्लले भन्नुभयो–‘त्यसैले स्वास्थ्य र राष्ट्रका लागि मात्रै नभएर खेलकुद समाजका लागि पनि त्यतीकै महत्वपूर्ण रहेको छ । सकारात्मक सोचको विकास नभएसम्म समाज रुपान्तरण हुन नसक्ने भन्दै सकारात्मक सोचको लागी खेल आवश्यक छ ।’ उहाले लस्तीमा खेल प्रेमी युवाहरुलाई लक्षित गरी आगामी दिनमा खेलमैदान विकासको लागी सहयोग गर्ने वताउनुभयो ।
कार्यक्रममा जलजला गाउँपालिका ८ का वडा अध्यक्ष हरिविकास जिसी,वडा नम्वर ४ का वडा अध्यक्ष भिस्म मल्ल, नेपाली काग्रेस केन्द्रीय उद्योग विभाग सदस्य विप्लव हमाल,समाजसेवी हरेमा बहादुर केसी, शिव माविका प्रअ रत्न वहादुर केसी, लस्ती सनलाईट बोर्डिङ्गका प्रिन्सीपल भोजराज आचार्य लगाएतले वोल्नुभएको थियो ।
उद्घाटन कार्यक्रम क्लवका अध्यक्ष विजय पुनको अध्यक्षता सचिब बुद्धि परियारको स्वागत र संचारकर्मी विष्नु गौतमको संचालनमा सम्पन्न भएको थियो ।
मेलाको अवसरमा आकर्षक खेलकुद, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समेत आयोजना गरिएको छ ।
फुटबल प्रतियोगितामा बिजेताले ५५ हजार ५ सय ५५ पाउनेछन् भने उपबिजेताले २५हजार ५सय ५५ र साथमा ट्रफि, मेड्ल र प्रमाणपत्र पाउनेछन् । मेलामा आयोजित अन्धनिसान प्रथम हुनेले ५ हजार, छेलो फाल्ने बिजेताले ५ हजार,पुरुष तथा महिला लठो तान्ने खेलमा विजयी हुनेले ५ हजार नगर पुरस्कार पाउने छन् भने म्युजिकल चियर बिजेतालाई ३ हजार बराबरको कुखुराको भाले पुरस्कार प्रदान गरिने छ ।
मेला सम्पन्न गर्न स्थानिय संघ सस्था वैदेशिक रोजगारीमा रहेका युवाहरुको आर्थिक सहयोग गरेको क्लवका अध्यक्ष विजय पुनले बताउनु भयो । मेला सुरु हुनु पुर्व स्थानिय आमा समुह, सघ सस्था आबद्ध व्यक्ति विद्यार्थी र पन्चेबाजा सहित लस्ती तथा फर्से वजार परिक्रमा गरिएको थियो । स्थानीयस्तरबाट फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले मेला आयोजना गरिएको क्लवका सचिब बुद्धि परियारले बताउनुभयो । मेला आगामी १४ गते सम्म संचालन हुने छ ।









