बागलुङ, ११ चैत । काठेखोला गाउँपालिका स्तरिय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि विहुँकोट लालीगुराँस इङ्गलिस बोर्डिङ्ग स्कुलले जितेको छ ।

विहुँकोट लालीगुराँसले १३ स्वर्ण पदक सहित दोस्रो पटक पनि उपाधि चुमेको हो । काठेखोला गाउँपालिका शिक्षा, यवा तथा खेलकुद शाखाको आयोजना र कला संस्कृति तथा खेलकुद विकास समितिको संयोजन तथा व्यवस्थापनमा सोमबार र मंगलबार सम्पन्न भएको प्रतियोगितामा ३४ विधामा खेलाडी छनौट गरिएको छ ।

प्रतियोगितामा लङ्ग जम्प छात्र तर्फ रेश नुन्थला माध्यमिक विद्यालयका बादल कार्की प्रथम, जनकल्याण माध्यमिक विद्यालयका सुर्य थापा द्धितिय भ एभने छात्रा तर्फ विहुँकोट लालीगुराँस इङ्गलिस बोर्डिङ्ग स्कुलकी सरिता कंडेल प्रथम र भीमसेन माध्यमिक विद्यालयका केट्रिन कंडेल द्धितिय भइन । यस्तै हाइजम्पमा छात्र र्फ भीमसेन माध्यमिक विद्यालयका नारायण क्षेत्री प्रथम, जनकल्याण माध्यमिक विद्यालयका सुर्य थापा द्धितिय भएभने छात्रा तर्फ विहुँकोट लालीगुराँस इङ्गलिस बोर्डिङ्ग स्कुलका सरिता कंडेल प्रथम र भीमसेन माध्यमिक विद्यालयकी सन्जिता कार्की द्धितिय भइन ।

प्रतियोगितामा ज्याब्लीङ्ग थ्रो छात्र तर्फ विहुँकोट लालीगुराँस इङ्गलिस बोर्डिङ्ग स्कुलका चन्द्रमणि कंडेल प्रथम, धिमिकरिता माध्यमिक विद्यालयका सन्दिप किसान द्धितिय भए । यस्तै छात्रा तर्फ विहुँकोट लालीगुराँस इङ्गलिस बोर्डिङ्ग स्कुलकी प्रतिक्षा कंडेल प्रथम र रेश नुन्थला माध्यमिक विद्यालयका मुना कुँवरले द्धितिय स्थान प्राप्त गरिन । सटफुट छात्र तर्फ रेश नुन्थला माध्यमिक विद्यालयका मिलन थापा प्रथम र धिमि करिना माध्यमिक विद्यालयका आशिक किसानले द्धितिय स्थान हासिल गरेभने छात्रा तर्फ विहुँकोट लालीगुराँस इङ्गलिस बोर्डिङ्ग स्कुलकी प्रतिक्षा कंडेल प्रथम र भीमसेन माध्यमिक विद्यालयकी सरस्वती जिसीले द्धितिय स्थान हासिल गरिन । यस्तै त्रिपाल जम्प छात्र तर्फ भीमसेन माध्यमिक विद्यालयका पवन थापा प्रथम र विहुँकोट लालीगुराँस इङ्गलिस बोर्डिङ्ग स्कुलका अमन कार्की द्धितिय भए । छात्रा तर्फ विहुँकोट लालीगुराँस इङ्गलिस बोर्डिङ्ग स्कुलकी अनुषा निउरे प्रथम र भीमसेन माध्यमिक विद्यालयकी सविना खड्काले द्धितिय स्थान हासिल गरिन ।

यस्तै दौड तर्फभने विहुँकोट लालीगुराँस इङ्गलिस बोर्डिङ्ग स्कुललाई अन्य विद्यालयहरुले पराजित गर्न सफल भए । ३ हजार मिटर छात्र तर्फको दौड प्रतियोगितामा रेश नुन्थला माध्यमिक विद्यालयका बादल कार्की प्रथम र जनकल्याण माध्यमिक विद्यालयका गौरव थापा द्धितिए भए । यस्तै छात्र तर्फ जनकल्याण माध्यमिक विद्यालयकी निरुता किसान प्रथम र भीमसेन माध्यमिक विद्यालयकी सोविता सुवर द्धितिय भइन । यस्तै १५ सय मिटर दौड प्रतियोगितामा छात्रा तर्फ अमर माविकी तिर्सना छन्त्याल प्रथम, भीमसेन माध्यमिक विद्यालयकी सपना थापा द्धितिय भए । यस्तै ८ सय मिटर दौड प्रतियोगितामा छात्र तर्फ निरज रोका प्रथम र रेश नुन्थला माविका मिलन थापा द्धितिय भएभने छात्रा तर्फ धिमिकरिना माविकी कामना खत्री प्रथम र जनकल्याण माविकी प्रतिमा नेपाली द्धितिय भइन ।

यस्तै ४०० मिटर दौड प्रतियोगितामा छात्र तर्फ लेखानी माविका यमन थापा प्रथम र भीमसेन माविका विपिन जिसी द्धितिय भएभने छात्रा तर्फ धिमिकरिना माविकी विपना कुँवर प्रथम र रेश नुन्थाला माविकी सोनिशा जिसी द्धितिय भए । ४०० मिटर छात्र दौड प्रतियोगितामा विहुँकोट लालीगुराँस इङ्गलिस बोर्डिङ्ग स्कुलका अमन कार्की प्रथम र लेखानी माविका विनोद विक द्धितिय भएभने छात्रा तर्फ भीमसेन माविकी सोविता कुँवर प्रथम र एलिसा पुन द्धितिय भइन ।

यस्तै १ सय मिटर छात्रा तर्फको दौड प्रतियोगितामा अमर माध्यमिक विद्यालयकी भावना कंडेल प्रथम र धिमिकरिना माविकी कामना खत्री द्धितिय भइन । यस्तै १ सय मिटर ४ रिले दौड प्रतियोगितामा छात्र तर्फ लेखानी मावि र छात्रा तर्फ धिमी करिना मावि प्रथम भएभने ४ सय मिटर ४ रिले दौड प्रतियोगितामा छात्र तर्फ रेश नुन्थला मावि र छात्रा तर्फ भीमसेन मावि प्रथम भयो ।

यस्तै भलिबल प्रतियोगितामा नारायणी माध्यमिक विद्यालय र कबड्डी प्रतियोगितामा छात्र तर्फ विहुँकोट लालीगुराँस इङ्गलिस बोर्डिङ्ग स्कुल र छात्रा तर्फ अमर मावि प्रथम भयो ।

यस्तै कराते तर्फ ७ स्वर्ण पदक मध्य ६ स्वर्ण पदक विहुँकोट लालीगुराँस इङ्गलिस बोर्डिङ्ग स्कुलले र १ स्वर्ण पदक अमर माविले जितेको छ ।

प्रतियोगिताको विजेता खेलाडीहरुलाई काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुर्ण बहादुर कार्की, कला संस्कृति तथा खेलकुद विकास समितिका संयोजक टिका संगम विक र गाउँपालिका सूचना अधिकारी मनोज कार्कीले पुरस्कार वितरण गर्नूभएको थियो । प्रतियोगिताको समापन कार्यक्रमको संचालन कला संस्कृति तथा खेलकुद विकास समितिका सदस्य कृष्ण प्रसाद कंडेलले गर्नुभएको थियो ।

प्रतियोगिताको सोमबार गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापाले उद्घाटन गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here