बागलुङमा विवेकशिल साझा पार्टीको जिल्ला कमिटि गठन

बागलुङ, २९ फागुन । बागलुङमा सुरज श्रेष्ठको संयोजकत्वमा विवेकशिल साझा पार्टीको जिल्ला कार्य समिति गठन गरिएको छ ।

शनिबार विवेकशिल साझा पार्टी गण्डकी प्रदेशको आयोजनामा बागलुङमा बजारमा भएको भेलाले श्रेष्ठको संयोजकत्वमा ९ सदस्य जिल्ला कार्यसमिति गठन गरेको हो । समितिको सहसंयोजकमा लुना थापा मगर रहनुभएको छ । यस्तै सदस्यहरुमा निर्माण घिसिङ्ग, योगेश थापा, राजेश श्रेष्ठ, सुरज खड्का, दिपेन्द्र खड्का र माधव रेग्मी रहनुभएको छ ।

भेलामा विवेकशिल साझा पार्टीका संगठन विभाग प्रमुख निर्देश सिलवाल, अभियान विभाग प्रमुख प्रमेश श्रेष्ठ, सदस्य विभाग उपप्रमुख सुमित्रा गुरुङ, गण्डकी प्रदेश सहसंयोजक जमुना शर्मा, केन्द्रिय सदस्यहरु शुशीला के.सी., दिपक पौडेल र रजनी के.सी.ले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

भेलाको अध्यक्षता गण्डकी प्रदेशका संयोजक महेश भण्डारीको अध्यक्षता र केन्द्रिय सदस्य तथा उद्यमशिल विभाग प्रमुख आशुतोष प्रधानको संचालनमा सम्पन्न भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here