प्रधानमन्त्रीबाट ओलीलाई हटाउन जसपाको सवै माग पुरा गर्न तयार छौंं : बरिष्ठ नेता पौडेल

अर्जुन कार्की
बागलुङ, २९ फागुन । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपि शर्मा ओलीको सरकारलाई हटाउन जनता समाजवादी पार्टी (जसपा)को सवै माग पुरा गर्ने बताउनुभएको छ ।

प्रेस युनियन बागलुङले शनिबार विहान आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले ओली प्रधानमन्त्रीमा बस्न नमिल्ने बताउँदै उनलाई हटाउनको लागि जसपाका सवै माग पुरा गर्दै काँग्रेस र माओवादी मिलेर नयाँ सरकार बनाउने बताउनुभएको छ । ‘प्रधानमन्त्री ओलीले जसपासँग जे जे कुरामा सहमति गर्ने प्रतिबद्धता गर्नुभएको त्यो हामीले पनि गर्ने प्रतिबद्धता व्यक्त गरेका छौं,’ नेता पौडेलले भन्नुभयो–‘संविधान संशोधन हामीले पनि लगेको हो केपिले नमानेर रोकिएको हो हामीले अगाडी बढाइहाल्छौं, रेशम चौधरीलाई छोड्ने कुरामा पनि हामीले आनाकानी गर्दैनौं, अरु के माग छन् हामी सम्बोधन गछौं भन्ने निर्णय गरेको छौं ।’

वरिष्ठ नेता पौडेलले नेपाली काँग्रेसको पहिलो एजेण्डा केपी ओलीको बर्हिगमन रहेको बताउनुभयो । उहाँले देशलाई बर्बादीमा पु¥याउने प्रधानमन्त्री ओली नै रहेकोले उनी सत्तामा टिकिरहनु विकृति भएकोले काँग्रेस, माओवादी केन्द्र र जसपा मिलेर अविश्वासको प्रस्ताव लगेर हटाउने बताउनुभयो ।

उहाँले नेपाली काँग्रेसले आफै वा अरुलाई प्रधानमन्त्री दिएर भएपनि ओलीलाई हटाउन तयार रहेको बताउनुभयो । ‘हामी तीन वटा पार्टी मिलेर जानु अहिलेको आवश्यकता हो ।’ पौडेलले भन्नुभयो–‘नेपाली काँग्रेसले आफै बनेर हुन्छ की के गरेर हुन्छ ओलीलाई हटाउन लाग्नुस भनेर सभापतिलाई भन्यौँ, जनता समाजवादी पार्टीसँग पछि छलफल गर्यौँ ।’

नेता पौडेलले ओलीलाई थाम्न लाग्नेहरु माथि उनीको राष्ट्रयता माथि र लोकतन्त्र प्रतिको निष्ठा माथि प्रश्न उठ्ने बताउनुभएको छ । ‘राष्ट्रवादी हुँ भन्ने, नेपाली हुँ भन्ने कसैले पनि केपि ओलीलाई थामने कुरामा यो वा त्यो प्रकारमा लाग्नु हुँदैन,’ नेता पौडेलले भन्नुभयो–‘केपि ओलीलाई जोगाउन जो लाग्छ त्यसको निष्ठ माथि म प्रश्न गर्न चाहुन्छ, त्यसको राष्ट्रयता माथि र लोकतन्त्र प्रतिको निष्ठामा पनि प्रश्न उठ्छ, पहिलो कुरा अहिलेको समस्याको समाधान ओलीको बर्हिगमन हो ।’

काँग्रेसको अधिवेशन नहुँनुले नेपालको लोकतन्त्र नै कमजोर भएको नेता पौडेलले बताउनुभयो । ‘नेपाली काँग्रेसको अधिवेशनलाई यो वा त्यो बाहाना पछाडी धकेल्दै लाने जुन कुरा भयो, त्यसले पनि नेपालको लोकतन्त्र नै कमजोर भएको छ । अहिले काँग्रेसले अधिवेशन गरेर बसेको भएको अहिले राष्ट्रको नेतृत्व काँग्रेसले गर्ने थियो । अहिलेको मौका आउँदा समेत आफै अधिवेशन विहिन अवस्थामा अलपत्र पारिएको छ यो दुःखद कुरा हो’ पौडेलले भन्नभयो ।

प्रेस युनियन बागलुङका अध्यक्ष प्रदिप पन्तको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनको स्वागत मन्तव्य उपाध्यक्ष संगम घर्ती र संचालन सचिव नारायण रिजालले गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here