बडिगाडमा ८ सय ९४ जना जेष्ठ नागरिकले लगाए कोभिड १९ विरुद्धको खोप

बागलुङ, २८ फागुन । कोभिड १९ विरुद्ध दोश्रो चरणको खोप कार्यक्रम सञ्चालन भैरहेको सन्दर्भमा वडिगाड गाउँपालिकामा शुक्रवार ९ सय १० जनाले खोप लिएका छन् ।

६५ वर्ष माथिका जेष्ठ नागरिकहरुको लागि सञ्चालन गरिएको खोप कार्यक्रमको पहिलो दिन ४ सय १९ जना महिला र ४ सय ७५ पुरुष गरि ८ सय ९४ जना जेष्ठ नागरिक तथा पहिलो चरणको खोपमा छुट भएका स्वास्थ्यकर्मि, महिला स्वास्थ्य स्वयंसेविका तथा जनप्रतिनिधि गरि १६ जनालाई कोभिड विरुद्धको खोप लगाइएको बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चुडामणि कंडेलले जानकारी दिनुभएको छ ।

वडिगाड गाउँपालिकामा १ हजार ३ सय ४० डोज खोप आएकोमा वाँकी ४ सय ३० डोज सनिवार लगाउने योजना भएको कार्यालयले जनाएको छ । जस अनुसार जेष्ठ नागरिक वाँकी रहेका वडा नं. ३ शिसाखानी, वडा नं. ४ जलजला, वडा नं. ५ ग्वालीचौर, वडा नं. ७ भिमगिठे, र वडा नं. १० दर्लिङमा सनिवार खोप लगाउने कार्य सम्पन्न गर्ने कंडेलले जानकारी दिनुभएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here