बागलुङले चुम्यो नमस्ते देउराली कपको उपाधि

बागलुङ, २८ फागुन । पूर्वी नवलपरासीको विजयी त्रिवेणाी–५ देउरालीमा आयोजित नमस्ते दउराली कप अन्तर जिल्ला स्तरीय भलिबल प्रतियोगताको उपाधि बागलुङले जितेको छ ।

शुक्रबार भएको फाइनल खेलमा बागलुङले स्याङ्जालाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि चुमेको हो ।

यस्तै तेस्रो स्थानको लागि आजै भएको तनहुँ र नवलपुर विचको खेलमा तनहुँ विजयी भएको छ ।

प्रतियोगिताको उपाधि चुमेको बागलुङले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्योभने दोस्रो भएको स्याङ्जाले ६० हजार र तेस्रो भएको तनहुँले ३० हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको सेमिफाइनल खेलमा बागलुङले तनहुँ र स्याङ्जाले नवलपुरलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए ।

देउराली युवा समुहको आयोजनामा फागुन २५ गतेदेखि २८ गतेसम्म भएको प्रतियोगितामा गण्डकी प्रदेशका नवलपुर, तनहुँ, बाग्लुङ, कास्की, लम्जुङ, स्याङ्जा, म्याग्दी, पर्वत जिल्लाहरु, त्यसै गरि चितवन, रुपन्देही, पाल्पा र पश्चिम नवलपरासी जिल्लाका ११ टिमको सहभागीता रहेको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here