निर्वाचन आयोगको निर्णयः ओलीलाई एमाले र प्रचण्डलाई माओवादी केन्द्र

पुनः एकता गर्ने भए १५ दिनभित्र आउन सूचना

काठमाडौं, २५ फागुन । निर्वाचन आयोगले सर्वोच्च अदालतको फैसला बमोजिम नेकपा एमाले केपी शर्मा अ‍ोलीलाई र नेकपा माओवादी केन्द्र पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय गरेको छ ।

आयोगको आज बसेको बैठकले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दर्ता खारेज गरेको छ ।

आयोगले एमाले र माओवादीलाई पुनः एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिन समेत सूचित गरेको छ ।

आयोगले सन्ध्या तिवारीलाई नेकपा एमाले र गोपाल किरातीलाई माओवादी केन्द्रको नाम दिन नसकिने भएकाले नयाँ नाम प्रस्ताव गरी १५ दिनभित्र सुधार सहितको विवरण आयोग समक्ष पेश गर्न भनेको छ ।

आयोगले एमाले र माओवादीलाई नयाँ दलको रूपमा पुनः एकीकरण गर्ने भएमा एकीकरणपछि बन्ने दलको नाम र चिन्हसमेत प्रस्ताव गरी १५ दिनभित्र आयोगमा निवेदन सहित उपस्थित हुनका लागि जानकारी गराउने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here