
बागलुङ, २० फागुन । नेपाल तरुण दल गल्कोट नगरपालिकाको अधिवेशनबाट अध्यक्षमा गोर्ख भण्डारी चयन हुनुभएको छ ।
बुधबार गलकोटमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा केयरसिङ खत्रि, बाबुराम केसिलाई चयन गरेको हो । त्यस्तै समितिको सचिवमा चिराग राना, सहसचिवमा पदम गौतम, ईन्द्रा काउचा, कोषाध्यक्षमा राम खत्रि र सहकोषाध्यक्षमा सुनिल रोका मगर सहित २८ जना सदस्य गठन गरिएको छ ।
अधिवेशनमा गलकोट सङ्गै जिल्ला तहका नेपालि काग्रेसका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।









