
रौतहट, १९ फागुन । राजदेवी नगरपालिका-८ लक्ष्मीपुरबाट नियन्त्रित लागूऔषध १ सय ८० एम्पुल फेनारगन, १ सय ८० एम्पुल नोर्फिन, १ सय २० एम्पुल डाईजेल्याप र ६० एम्पुल डाईजेपामसहित दुईजना भारतीय पक्राउ परेका छन् ।
भारत सितामडी वैरगैनिया भकुरहर बस्ने दुईजना १८ वर्षीय किशोरलाई बुधबार बिहान पक्राउ गरेको प्रहरीले आज एक बुलेटिनमार्फत् जनाएको छ ।
भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी वेलविछुवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।









