बागलुङ, १७ फागुन । काठेखोला गाउँपालिका वडा नम्बर ३ धम्जाको माझकटेरा सामुदायिक वनमा आगलागी भएको छ ।

सोमबार दिउँसोबाट फैलिएको आगोलागीबाट विभिन्न जातका हजारौं रुख, बोटविरुवाहरु जलेर नष्ट भएका छन् । आगलागी ठूलो क्षेत्रमा फैलिएको स्थानीय लोक बहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँले सोमबार दिउँसो स्थानीयले आफ्नो जग्गामा काँडा फाढेर जलाउने क्रममा आगलागी हुँदा सामुदायिक वनमा प्रवेश गरेको बताउनुभयो । आगो अझै नियन्त्रणमा आउन सकेको छैन् ।

आगो नियन्त्रणका लागि स्थानीय जनता खटिरहेको भण्डारीले बताउनुभयो । बिरुवाका स्याउलाहरु र सल्लाको खोटोजस्ता ज्वलनशील वस्तुले आगलागीलाई झन् भीषण बनाएको भण्डारीले बताउनुभयो ।

आगलागी नियन्त्रणको लागि जिल्ला प्रहरी कार्यालयमा खबर गरिएको र नियन्त्रणको लागि आउँदै गरेको भण्डारीले जानकारी दिनुभयो ।

आगलागीको कारण घाँसदाउरा सहित बहुमुल्य जडिबुटीहरु नष्ट भएका छन् । वनमा आगलागी वन्यजन्तु संकटमा परेको भण्डारीको भनाइ छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here