बागलुङका प्रहरी प्रमुख एसपी श्रेष्ठको सरुवा, मगर आउने

बागलुङ, १४ फागुन । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) लोकेन्द्र श्रेष्ठको सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले आज बागलुङका एसपि श्रेष्ठ सहित नेपाल प्रहरीका ११ जना प्रहरी उपरिक्षक (एसपी) र १८ जना प्रहरी नायव उपरिक्षक (डिएसपी)को सरुवा गरेको हो ।

श्रेष्ठको नेपाल प्रहरी प्रधान कार्यालय कार्य एवं अपराध अनुसन्धान विभाग विपद व्यवस्थापन कार्यालय मानवश्रोत व्यवस्थापन शाखा सामाखुसी काठमाडौंमा सरुवा भएको छ ।

बागलुङमा नेपाल प्रहरी प्रधान कार्यालय कार्य एवं अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान रणनीति तथा कार्य योजनाबाट कृष्ण बहादुर पल्ली मगर आउनुहुने भएको छ ।

प्रहरी महानिरीक्षकस्तरीय निर्णयबाट फागुन महिनादेखि नै तलव, भत्ता समेत अहिले सरुवा भएको दरबन्दीबाट खाने गरी उनिहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here