
बागलुङ, १४ फागुन । बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको सुरुवा भएको छ ।
आज बसेको गृहमन्त्रीस्तरीय बैंठकले ३७ जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित गृह मन्त्रालय मातहतका ५२ सहसचिव र उपसचिवको एकै पटक सुरुवा गरेको छ ।
बागलुङका प्रमुख जिल्ला अधिकारी न्यौपानेलाई जिल्ला प्रशासन कार्यालय सिन्धुली सुरुवा गरिएको छ ।
बागलुङमा नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा गृह मन्त्रालयबाट शिवकुमार कार्की आउनुहुने भएको छ ।
यस्तै पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीलाई गृहमन्त्रालय तानिएको छभने उनको स्थानमा गोरखाका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीलाईलाई पठाइएको छ ।
यस्तै म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी जिल्ला प्रशासन कार्यालय काठमाडौं सरुवा भएका छन् । म्याग्दीमा गृहमन्त्रालय बाट गणेश बहादुर अधिकारी आउने भएका छन् ।
सरुवा हुनेको सूची यसप्रकार छ ।













