प्रतिनिधिसभा पुर्नस्थापना भएको खुसीमा प्रचण्ड–नेपाल पक्षको चियापान

बागलुङ, १३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङको प्रचण्ड–माधव समुहले सर्वोच्च अदालतले संसद पुर्नस्थापना गर्ने फैसला गरेको खुसियालीमा बुधबार चियापान गरेको छ ।

प्रचण्ड–नेपाल समुहले आयोजना गरेको चियापान कार्यक्रममा नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टीका नेताहरुका समेत उपस्थिति रहेको थियो ।

चियापान कार्यक्रममा बोल्दै नेकपा बागलुङकी इन्चार्ज बलावति शर्माले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुर्नस्थापना गरेर जनताको पक्षमा फैसला गरेको बताउनुभयो । उहाँले प्रधानमन्त्री केपि ओलीले संविधान विपरित तानाशाहाशैलीमा संसद विघटन गरेर देशमा अधिनायकवादी कदम अगाडी बढाएपनि सर्वोच्चले संसद पुर्नस्थापना गरेर लोकतन्त्रलाई जिवित राहेको बताउनुभयो ।

नेकपा कम्युनिष्ट पार्टी (नेकपा) बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाको अध्यक्षतामा सम्पन्न भएको चियापान कार्यक्रमको स्वागत कार्यालय सदस्य लालबहादुर थापा र संचालन सचिव ज्ञामनाथ गैरेले गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here