आज २०७७ साल फाल्गुन १२ गते बुधवार,
तदअनुसार फेब्रुअरी २४, २०२१
– ज्यो.प. नारायणप्रसाद दुलाल

आजको राशिफल
मेष
बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । सामाजिक कार्यमा पनि मन जाला ।
वृष
आज प्रीय व्यक्तिसंग भेटघाट होला । धैर्य गरि मिहिनेत गरेमा कायसिद्धि हुनसक्छ । आर्थिकपक्ष र शेयर बाजारबाट राम्रै सफलता मिल्नेछ ।
मिथुन
आत्मिक सन्तुष्टि मिल्नेछ । विद्यामा सफलता पाइएला । जोश,जाँगर बढ्ला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विवादमा विजयी मिल्ला ।
कर्कट
आज अनावश्यक यात्रा तथा अनावश्यक झमेलामा परिएला । मनोरञ्जनमा लाग्दा अवसर गुम्न सक्छ । दिनको उत्तरार्ध भने सुखद् रहनेछ ।
सिंह
आज दाम, इनाम र प्रतिष्ठा कमाउने वेलाछ । व्यापार व्यवसायमा फाईदा होला । वाहान सुख मिल्नेछ । नयाँ नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
कन्या
बन्धु बान्धवबाट सहयोग मिल्नेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।
तुला
भेटघाट र मनोरञ्जनमा सहभागीता भइएला । वैदेशिक कार्य अघी बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।
वृश्चिक
आज प्रेममा मनमुटावका साथै मन कमजोर रहला । सामान हराउने वा चोरी हुने भयछ । साँझमा मन प्रसन्न रहने र वैदेशिक कार्य राम्रो हुनेछ ।
धनु
आज शैक्षिक पक्षमा सुधार हुनेछ । सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ, तर बेसुरमा वचन दिने बानीले अप्ठ्यारो चैं हुन सक्छ ।
मकर
आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । सामाजिक र धार्मिक कार्यबाट सन्तोष मिल्नेछ । प्रेम र दाम्पत्य जीवन पनि सुखमय हुनेछ ।
कुम्भ
आज शुभ–अशुभ समाचार सुनिएला । लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । मित्रसंग मीठो भेट–घाट रहला ।
मीन
अनुहारमा कान्ति र मनमा शान्ति छाउला । अरुलाई प्रभावित पारेर काम बन्नेछ । प्रेमीको सहयोग पाईनेछ । नयाँ कामको थालनी हुनेछ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here