बागलुङ, ९ फागुन । बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डेको कमेरेमा पिकअप जीप दुर्घटना हुँदा ६ जना घाईते भएका छन् ।

बागलुङ बजारदेखि भकुण्डे जाँदै गरेको ध १ ज १०२२ नम्बरको पीकअप जीप पक्कि सडकबाट १० मिटर तल खस्दा ५ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी सहायक निरिक्षक प्रेम बहादुर खड्काले जानकारी दिनुभयो । जीप दुर्घटना हुँदा भकुण्डेका वर्ष ७५ का बम बहादुर खत्री, वर्ष ४० का बल बहादुर थापा, वर्ष ३० का खेम बहादुर थापा, वर्ष ५७ का भगत थापा मगर, वर्ष ३३ का टेक बहादुर थापा र वर्ष ३८ का तेजेन्द्र खत्री घाईते भएको प्रसनि खड्काले बताउनुभयो ।

घाईतेहरु मध्य २ जनालाई पोखरा रिफर गरिएको छ । ७५ बर्षिय बम बहादुर खत्री र ५७ बर्षिय भगत थापा मगरलाई धौलागिरी अस्पताल बागलुङमा अतिआवश्यक उपचारपछि पोखरा रिफर गरिएको छ । अन्यको धौलागिरी अस्पतालमा उपचार भइरहेको प्रसनी खड्काले बताउनुभयो ।

पिकअप जीपका चालक भकुण्डेका ४० बर्षिय रुपक थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

सच्चाइएकोः दुर्घटनामा ६ जना घाईते हुनुपर्नेमा अन्यथा भएकोले सच्चाइएको छ । त्यसबाट पाठकवर्गमा पर्न गएको अशुविधा प्रति क्षमा प्रार्थी छौं ।
–सम्पादक

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here