कोरोनासँग लड्दै आइसियु र आइसोलेसनमा बस्दाको अनुभव

खिम बहादुर कार्की
२०७६ सुरु भएको र बिश्वमा माहामारीको रुपमा फैलिएको कोरोना रोगले मलाई पनि एक दिन पक्का छोडदैना भन्ने नै थियो । भयो पनि त्यस्तै कोरोना नेपालमा पहिलो ब्यक्तिलाई लागेको करिब एक बर्ष पछि २०७७ पौस १६ गते देखी मलाई कोरोनाको लक्षण देखा पर्यो । ज्वरो आउने, खाना मिठो नहुने भयो । सोहि दिन नै म अस्पताल पुगे अरु लक्षण नदेखिएकोले रगत जाँच गरी ज्वरोको औषाधि लिएर फर्किए । घरमा आएपछि औषाधी खाए तर निको होला भन्दा झन ज्वरो बढ्यो । पौष २१ गते बिहाना स्वासप्रस्वासमा पनि समस्या आएपछि अवस्था झन् नाजुक बन्दै गयो । म बोल्ना नसक्ने अवस्थामा पुगी सकेको थिए । डाक्टरको सल्लाह अनुसार कोरोनाको परीक्षण गर्ने र आइसोलेशनमा बस्ने भए । त्यसपछिका दिन जीवन भगबानको भरोसामा मात्र अडिएको थियो तर के गर्ने म त एक रोगी बिरामी मात्र थिए । दिन होस वा रात झण्डै ७ दिन कसरी बित्यो मलाई केही थाहा भएना  ।

कोरोना रोगले अत्यास लाग्दो बनाउने त रहिछ नै रोगले पिडा दिएको बेला आइसोलेसनमा एक्लै बस्दा झनै पीडा हँुदो रहेछ । आफुलाई रोगले पिरालेको हुने तर त्यो पीडा डाक्टरहरुलाई भन्ना नसक्ने अवस्था आउँदो रहेछ । त्यसले गर्दा रोगीले अलि धेरै पीडा सहनुपर्ने महशुस गरे त्यस कारणले पनि कोरोना रोग लागेकालाई एकलै होइन उसको घरको परिवारलाई रेखदेखको लागि सँगै राखेर उपचार गर्ने ब्यबस्था भयोभने उसको सबै आनीबानी खानपिन बारे परिवारको सदस्यले डाक्टर हरुलाई भन्ना सक्ने र उपाचारमा सहजता आउने छ । सरुवा रोग लागेको छ भनेर राज्यले रोगीलाई मात्र छुट्टै राखेर उपाचार गर्ना खोज्नुको कारण मानवीय क्षेती हुनु एक कारण रहेको मैले महशुस गरे । किनकी कतिपय बिरामीले डाक्टर नर्सहरु संग आफ्नो कुरा खुलस्त भन्ना सक्ने अबस्थामा अस्पताल पुगेका हुँदैनन् । बोल्ना नसक्ने भएर अस्पताल पुग्दा जुन समस्याको कुरा आउनु पर्ने हो आउदैन त्यसरी नआए पछि उपाचारमा समस्या हुने मात्र होइन ज्यानै पनि जानसक्छ । अब कोरोनाको उपाचार पद्धतीमा रणनीतिक परिर्तन नहुने हो भने रोगले भयावह त हुने नै छ धेरै मानिसले अकालमा ज्यान गुमाउनु बहेक अरु उपाए हुने छैन् । त्यसैले मेरो बिचारमा बिरामी छुट्टै होइन परिवारको सदस्यलाई पनि सगै राखेर उपाचारको व्यवस्था मिलाउन सकियो भने बिरामीको उपचारमा सहज हुन्छ र छिटो निको हुन पनि मद्दत पुग्नेछ ।

म बिरामी भएर अस्पताल पुगेको दिनदेखी ७ दिन सम्म के गरे र कसरी बसेको थिए पुरै याद छैन । ज्वरोखोकीले अत्यन्तै गाह्रो बनाइरहेको थियोे कति बेला केही होस् पाउथे कति बेला बेहोस् हुदो रहेछु । ती ७ दिन म मेरो मृत्युु कुरेर रात दिन वित्दै गएको महशुस भएको थियो । त्यहाँ म सँगसँगै उपाचारमा रहनु भएका दुई जनामा पनि यस्तै अबस्था थियोे । उहाँहरु पनि त्यही अबस्थामा छटपटाही रहनुभएको थियोे । डाक्टरहरुले हर सम्भव प्रयास त निकै गर्नु भएको थियो तर उहाहरुलाई बचाउना सक्नु भएन । एक जनाको एक दिन पहिला र अर्को एक जनाको अर्को दिन गरि दुई दिन लगातार मृत्यु भयो । यसले मलाई झनै कमजोर बनायो ।

अस्पतालमै उपचारमा रहनु भएका एक जना व्यक्तिको उहाँको उपचार कै क्रम मृत्यु भएपछि मैले त्यो दिन मेरो आफ्नो पालो कुरेर बसेको अनुभब भएको थियोे । त्यसपछि म निकै आतियर मलाई काठमाडौं उपाचार गर्न लैजान मैले छोराछोरीलाई भनेको थिए । तर सुरु दिन देखि संगै उपाचार गराई रहनुभएको साथी बिकास पौडेल र मेरो धौलागिरी अस्पतालको आईसियुमा उपाचार गर्ने कुरा भएको जानकारी पाए मेरो स्वास्थ्यमा धेरै समस्या आईसकेको थियो बाँच्ने आशा हराईसकेको थियो । म अतिनै आतिएको थिए । छोरा र छोरीको चाहानाले आयुईसियुमा उपचार हुन्छ भन्ने ठिक छ भने र मैले काठमाडौं लागिदिना अनुरोध गरेको मान्छे धौलागिरी अस्पतालमानै उपाचारको सम्भावना केही बाँकी छ कि भन्ने सोचे र हुन्छ भने तर जब मलाई आईसुलेसनबाट आयुसियुमा भर्न गरियो । त्यहाँ मेरो मित्र बिकास पौडेल जी छट्पटी रहनुभएको थियो । उहालाई र मलाई बचाउन मानबरुपी भगबन डाक्टरहरु र नर्स रात दिन खटन्नुभएको थियो तर हामी त्यो बिश्व मानव जातीलाई तहस नहस पारी रहेको बिश्वमा लाखौंको ज्यान लिई सकेको कोरोना सँग लडिरहेका थियौ ।

मित्र विकास पौडेल पौष २१ गते देखि म संगै उपाचारमा रहनु भएको थियो । अस्पतालको इमर्जेन्सी देखी आइसियुसम्मा हामी सँगै थियौं । मित्र बिकास पौडेल जिको छट्पटीले उहाँ बाच्ने अबस्था मैले देखि रहेको थिईना उहाँको मृत्युको साक्षी बसिरहेको भान हुन्थ्यो तर म आफ्नै पीडामा छट्पटी रहेको थिए । केही बोल्ना सक्ने अबस्थामा थिइन् तर भगवान रुपि ति डाक्टरहरुले अझै केही गरि बचाउना सकिन्छ कि भनेर प्रयास गरेका थिए तर जहासम्म मलाई लागेको थियोे उहाँलाई बचाउने कुनै उपाएनै थिएना उहाँको अक्सिजन घट्दो अबस्थामा थियो । खोकी निरन्तर लागि रहेको थियोे । उहाँ राम्रोसँग बोल्न सक्ने अवस्थामा हुनुहुन्थेन उहाँलाई बचाउनको लागि डाक्टरहरुले भने हरसम्भव प्रयाश गरिरहनुभएको थियोे । तर उहाँको उपचारको क्रममा मृत्यु भएपछि मैले त्यो दिन मेरो आफ्नो पालो कुरेर बसेको अनुभब भयो । उहाँको उपचार भइरहँदा र उहाँ छटपटाइरहँदा मैले डाक्टरहरुलाई अनुरोध गरे मलाई यो आयूसियु कक्षमा होइन अर्को कोठामा सार्दिनु । तर डाक्टरहरुको एउटै सल्लाह थियो हजुरलाई आइसियुबाट अन्त सार्न मिल्दैन र यो ठाउँ छोडन हँुदैन मलाई लागिरहेको थियोे म पनि यहाँबाटै अन्तिम बिदालिदै छु कि जस्तो  । किनकी मेरो अनुरोध डाक्टरहरुले मान्नु भएको थिएना उहाँहरुको भनाइ हुन्थ्यो कोठा परिबर्तन हँुदैन हजुरको उपाचार यहाँ नै हुन्छ र निको हुनुहुन्छ । मेरो मनले आशा मार्यो र मैले छोरीलाई म्यासेज लेखे ‘अरु कसैसंग केही नभन्नु मलाई यस अस्पतालमा मेरो उपाचार सम्भव होला जस्तो लागेन काठमाडौं वा पोखरा लैजानु पर्यो यहाँ बाँच्ने आशा म¥यो ।’ छोरी छोरा लगायत केही अग्रज साथीहरुको सल्लाहमा काठमाडौं लैजाने सल्लाह त भयो भन्ने कुरा छोराले भन्यो । तर मेरो अक्सिजन मेनटेन नभएको कारण लान सम्भव भएन भन्ने सुने त्यति बेलासम्म बाँच्छु भन्ने लागेको थिएन । आज यहि अस्पतालबाट नै मेरो अन्तिम मृत्युको दिन हुने भयो भनेर म हतोसाहित भैइरहेको थिए र अस्पतालका नर्सहरु संग मैले भने–‘म बाँच्छु कि कति बेला मर्छु भन्दिनु पर्यो ?’ ति नर्सहरुले मलाई हजुरलाई जसेरी पनि बचाउँछौ बाबा नआतिनु । हामी हजुरका छोरा अर्जुन र छोरी सिर्जना जस्तै हौ नआतिनु हामी छौ, तला हजुरका धेरै आफ्नता, शुभचिन्तकहरु आउनु भएको छ हजुरलाई बचाउने भनेर हजुरलाई जसरी पनि बचाउने हाम्रो जिम्मेवारी हो ।

पीडा यति धेरै भएको थियो तर जे होला सहनुको बिकल्प छैन भन्ने अठोट लिनु बाहेक केही थिएन । त्यसैले म अब यही अस्पतालमा रहेर उपचार गराउने भन्नेमा सोच परिबर्तन गरे  । त्यस पछि बल्ला मैले मेरो स्वास्थ लाभको बारेमा चिन्ता र चासो देखाउने अग्रजहरुको याद आयो र मैले मेरो फेसबुक प्रोफाईल खोले र हेरे मलाई स्वास्थ्य लाभको कामना गर्दै लेखेका स्टाटसहरु देखे र धेरै अग्रज आफ्नता हरुले फोन गर्नु भएको रहेछ । कसैको फोन उठाउने अबस्थामा त थिईना तर सबै मिस्कलहरु देखे, म्यासेजहरु पनि धेरै आएका रहेछन् । यति धेरै आफ्नता शुभचिन्तक हरुले मेरो बारेमा चिन्ता चासो र स्वास्थ्य लाभको कामना गर्नु भएको रहेछ त्यसैले पनि मलाई बाच्नुपर्छ भन्ने र कोरोनालाई जितिन्छ भन्ने मनोबल उच्च बनाए । ३ दिन आइसोलेसन कक्ष र १४ दिन आईसियूमा बसेपछि १७ दिनपछि मेरो स्वास्थ्यमा क्रमिक सुधार भइरहेको थियो र पुनः परिक्षण पछि कोरोना रिपोर्ट नेगेटिभ आयो र सोहि दिन नै मलाई जनरल वार्डमा सारियो । यसरी १७ दिनपछि अक्सिजन सहित जनरल वार्डमा सार्दा बल्ला अब बाँचिन्छ होला भन्ने लागेको थियो । त्यो दिनसम्म छोरा अर्जुनले पुरै रेखदेख गर्यो र छोरी सिर्जनाले जनरल वार्डमा सार्दा देखि रेखदेख गर्न सुरु गरिन । आइसोलेसन, आइसियु र जनरल वाडमा अस्पतालमा कार्यरत डाक्टर नर्सहरुले मेरो उपाचारमा अहोरात्र खटनु भो र म बाँच्न सफल भए भन्ने लाग्यो । तर मन अझै आतिरहेको थियो । मलाई वार्डमा सार्दा साथ मेरो आदरणिय दाई काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापाले फोन गर्नुभो भाई कस्तो छ ? मैले भने ‘अहिले जनरल वार्डमा छु दाई’ । उहाँले म भोली भेटना आउछु भन्नु भो हुन्छभने तर मलाई भने आजै भेटना पाए हुने थियोे भोली सम्ममा के हो ? के हो ? भन्ने लागेको थियो । त्यती गर्दैगर्दा उहाँ मलाई भेटना बेलुका नै आउनु भयो र धेरै सम्झाउनु भयो म उहाँको कुराले अझै ढुक्क भएर मनोबल उच्च बनाइराखे । जनरल वार्डमा सरेको भोली पल्टबाट अरु साथीहरु पनि भेट्ना आउने सल्लाह, सुझाब र साहनुभुती दिने गर्न थाल्नु भयो । घरपरिवार सबैलाई भेट्न पाईएपछि झनै ढुक्क हुँदै क्रमशः स्वास्थ्यमा सुधार हुँदै गयो । यसरी अस्पतालमा २३ दिन बित्यो । २३ दिनमा डिस्चार्ज त भए तर डाक्टरको सल्लाह अनुसार घर आउँदा पनि अक्सिजन लिएर आउनुपर्ने भयो । घर आएको एक हप्तासम्म अक्सिजन लगाए पछि स्वास्थ्यमा धेरै सुधार भएको छ ।

कोरोनालाई केही होइन भन्ने पनि चल्न छ । हेलचेक्राई गरिन्छ । फेरि कोरोना लागेकोलाई समाजमा हेर्ने नजर पनि फरक छ । मैले त्यो समस्या त भोग्न परेन तर अधिकांशले त्यो समस्या भोगेका छन् । कोरोना संक्रमितलाई घृणा होइन हौसलाको जरूरत छ ।

अन्त्यमा कोरोना लागेर अस्पताको बेडमा मृत्युसँग लड्दै गर्दा मलाई बचाउन रातदिन नभनी अहोरात्र खटेर मलाई निको बनाउनु हुने धौलागिरी अस्पताल बागलुङका डाक्टर अभिसेश वाग्ले, डाक्टर पराग गजुरेल लगायत सम्पूर्ण नर्सहरू प्रति कृत्यज्ञ छु । मेरो स्वास्थ्यको बारेमा चिन्ता चासो माया ममता स्नेहा दिनुहुने सम्पूर्ण स्थानीय तहका जनप्रतिनिधिहरु, निवर्तमान संघिय संसदहरु, प्रदेशसभा सदस्यहरु राजनीतिक दलका प्रमुख, पत्रकार महासंघ बागलुङका अध्यक्ष, सचिब लगायत पत्रकार मित्रहरु, जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष लगायत सहकारीकर्मी साथीहरु लगायत विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय, सामाजिक संघसंस्थामा आवद्ध प्रमुख एवं मेरा आदरर्णिय मान्यजन, शुभचिन्तक, आफन्तजनहरु सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछु । सबैको साथ, हौसलाले नै आज म पुर्नजन्म पाएकोमा खुसी छु र नै यो लेख लेख्न सकिरहेको छु । अब विस्तारै सामान्य जीवनमा फर्किने कोशिष गरिरहेको र अब केहि महिनाबाट आफ्नो दैनिकीमा फर्किने विश्वास व्यक्त गर्दछु ।

कोरोना निको भएपनि सु्ख्खा खोकी, छाती दुख्ने समस्याहरु सवै कोरोना संक्रमितहरुलाई हुने गरेको कोरोनालाई जित्नुभएका साथीहरुले पनि बताइरहँदा मैले पनि त्यहि महशुस गरेको छु । त्यसैले कोरोनालाई सामान्य नसोची माक्सको अनिवार्य प्रयोग गर्दै कोरोनाबाट बच्ने उपायहरुको पालना गरौं ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here