रेशमा महिला सचेतना तथा नेतृत्व विकास सम्बन्धी प्रशिक्षण

बागलुङ, १ फागुन । काठेखोला गाउँपालिकाको आयोजनामा काठेखोला गाउँपालिका वडा नम्बर ७ रशेमा महिला सचेतना तथा नेतृत्व विकास सम्बन्धी दुई दिने प्रशिक्षण शुक्रबार सम्पन्न भएको छ ।

गाउँपालिकाको आयोजना र महिला सचेतना एवम् नेतृत्व विकास सम्बन्धी प्रशिक्षण कार्यक्रम व्यवस्थापन समिति काठेखोला गाउँपालिका–७ रेशको संयोजनमा माघ २९ र ३० गते प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

प्रशिक्षण कार्यक्रमको बिहिबार उद्घाटन पछि बोल्दै गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापाले महिला विरुद्ध हुने घरेलु तथा विभिन्न हिंसाजन्य घटनाका कारण नेपाली महिलाहरु आर्थिक, सामाजिक, धार्मिक, राजनैतिक र शैषिक रुपमा सदियौंदेखि पछाडी परेको बताउनुभयो । उहाँले महिलाहरुको हक अधिकार एवं महिला विरुद्ध हुने हिंसा नियन्त्रणका लागि प्रचलित ऐन, नियम र कानुनमा के कस्ता कानुनी व्यवस्था छन् भन्ने बारेमा अधिकांश महिला बेखबर छन् जसले गर्दा कानुनी हकको प्रयोग गर्नबाट बन्चित भैरहनुपरेको अध्यक्ष थापाले बताउनुभयो ।

उहाँले महिलाहरुलाई सशक्तिकरणको माध्यमबाट राज्य र विकासको मुल प्रवाहमा समाहित गर्दै महिला अधिकार र कानुनी व्यवस्थाको बारेमा आम महिलाहरुलाई जानकारी गराउन अति आवश्यक रहेकोले महिला सचेतना कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

उद्घाटन कार्यक्रममा काठेखोला गाउँ कार्यपालिका सदस्य टिका संगम वि.क., रेश नुनथला माध्यमिक विद्यालयकका प्रधानाध्यापक ओम बहादुर थापा र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका चेलीमाया थापाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

बिहिबार उद्घाटन समारोहको अध्यक्षता कार्यक्रम व्यवस्थापन समितिकी अध्यक्ष पवित्रा थापा, स्वागत गाउँ कार्यपालिका सदस्य चित्र कुमारी थापा शारदा र संचालन वडा सचिव रिता जिसीले गर्नुभएको थियो ।

४५ जनाको सहभागिता रहेको उद्घाटन प्रशिक्षण कार्यक्रमको शुक्रबार काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशका वडाअध्यक्ष प्रेम लामिछानेले समापन गर्नुभएको थियो ।

समापन कार्यक्रममा बोल्दै वडाअध्यक्ष लामिछानेले महिलाहरु क्षमता विकास गर्दै उत्पादनमा जोडिनुपर्ने बातउनुभयो ।

समापन कार्यक्रममा कार्यपालिका सदस्य चित्र कुमारी थापा शारदा, सहभागिको तर्फबाट उजेली शर्माले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम व्यवस्थापन समितिका अध्यक्ष पवित्रा थापाको अध्यक्षतामा सम्पन्न भएको समापन समारोहको संचालन वडा सचिव रिता जिसीले गर्नुभयो ।

रेशका महिला समुदायिक स्वास्थ्य स्वयंसेविका, आमा समुह, अगुवा महिलाहरु लागयत ४५ जनाको सहभागिता रहेको प्रशिक्षण कार्यक्रममा चुडामणि उपाध्यायले सहजिकरण गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here