
बागलुङ, १ फागुन । जिल्लाको बागलुङ नगरपालिका वडा नम्बर ७ मा रहेको तितौरे सामुदायिक वन उपभोक्ता समितिले आगो लागि नियन्त्रणको लागि सिठ्ठी वितरण गरेको छ ।
समितिका अध्यक्ष डिल बहादुर कार्कीले फागुन चैतको समयमा बढी हावाहुरी लाग्ने र उक्त समयमा आगो लागीका धेरै घटनाहरु घट्ने भएकोले समयमा आगो नियन्त्रणको लागि सहयोग पु¥याउन शुक्रबार सिठ्ठी वितरण गर्नुभएको हो । उहाँले समितिका १३ जनालाई एक–एक ओटा सिठ्ठी वितरण गर्नुभएको छ ।
अध्यक्ष कार्कीले सामुदायिक वन तथा घरहरुमा आगो लागी हुँदा स्थानियहरुलाई खबर गर्नको लागि सिठ्ठीको प्रयोग गरि जति सक्दो चाडो आगो नियन्त्रणमा लिइ सम्भावित दुर्घटनालाई रोक्न सहयोग पु¥याउने बताउनुभयो । ‘हरेक वर्ष फागुन र चैतको समयमा सामुदायिक वन, घरहरुमा आगो लागी हुँदा ठूलो मात्रमा क्षति पुग्ने गरेको छ,’ अध्यक्ष कार्कीले भन्नुभयो–‘सिठ्ठीको प्रयोग गरि स्थानियहरुलाई खबर गरि समयमै आगो नियन्त्रणमा लिइ क्षति कम गर्न सकिन्छ ।’
समितिले मासिक रुपमा सामुदायिक वनको स्थानियहरु मार्फत झाडी सरसफाई अभियान संचालन गरिरहेको सचिव टिकाराम शर्माले बताउनुभयो ।









