
काठमाडौं, २९ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्रीलाई पक्राउका लागि प्रहरीले पक्राउ पूर्जी थमाएको छ । निवासभित्र पुगेर प्रहरीले झाँक्रीलाई पक्राउ पूर्जी थमाएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दिएको अभिव्यक्तिलाई लिएर सोधपुछका लागि भन्दै प्रहरीले झाँक्रीलाई बोलाएको थियो ।
झाँक्रीले आफूखुशी प्रहरी कार्यालय नजाने अडान लिएकी थिइन् ।
डीएसपी सुधीर शाहीले निवासभित्रै पुगेर झाँक्रीलाई पक्राउ पूर्जी थमाएका हुन् ।
प्रहरी पुगेपछि जम्मा भएका कार्यकर्ताले अहिले रामकुमारी झाँक्री हाईहाई भन्दै नारावाजी गरिरहेका छन् ।









