
काठमाडौं, २९ माघ । नेकपा दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न गएका अपराध महाशाखाका प्रहरीमाथि कुटपिट भएको छ । रामकुमारीको शंखमुलस्थित घरमा सादा पोसाकमा पुगेका प्रहरीमाथि उनका समर्थकले आक्रमण गरेका हुन् ।
महाशाखाका अनुसार प्रहरी निरीक्षक दिनेश गौतममाथि कुटपिट गएको हो । गौतममाथि रामकुमारीको घरमा जम्मा भएको भिडले मुक्का हानेको हो। मुक्का लागेर गौतमको नाक र अनुहारमा चोट लागेको छ ।
प्रहरीमाथि कुटपिट भएपछि अहिले रामकुमारीको घर क्षेत्रमा ठूलो संख्यामा प्रहरी बल तैनाथ गरिएको छ । त्यहाँ अहिले रामकुमारीको समर्थनमा चर्को नाराबाजी भइरहेको छ । नाराबाजीमा संलग्नले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध नारा लगाएका छन् ।
Soc: farakdhar.com









