मानव अधिकार तथा शान्ति समाज बागलुङको अध्यक्षमा हरिश पौडल

बागलुङ, २३ माघ । मानव अधिकार तथा शान्ति समाज बागलुङ शाखाको २३ औं जिल्ला साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ ।

शुक्रबार बागलुङमा सम्पन्न साधारण सभा तथा असंवैधानिक एवं अलोकतान्त्रिक तवरमा प्रतिनिधि सभा विघटन प्रतिनिगमनको शिलशिला विषयक विचार गोष्ठी कार्यक्रमको उदघाट्न गर्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव कृष्णबहादुर रावलले मुलुकमा शान्ति सदभाव र स्थायित्वका लागि समाजले महत्वपुर्ण भुमिका खेलेको बताए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको असंबैधानिक एवं अलोकतान्त्रीक कदम संविधान विपरित रहेको हुँदा शान्ति समाज यसको विरोधमा रहेको बताए । ‘शान्ति समाजले नेतालाई भन्दा नेतृत्वलाई ठुलो मानेर अगाडी बढ्ने गर्छ, सरकारका पछिल्लो कदम नेतृत्व भन्दा पनि नेता मुखी भयो,। रावलले भने,–‘एउटा नेताको सनकका आधारमा संविधान विपरित काम भै रहेको छ । यो विषय न्यायपालिकामा पुगेको छ । हामी आशा गरौ न्यायपालिकाले पुनःस्थापनाको निर्णय गर्नेछ ।

उनले नेपालमा माधवअधिकारका घट्ना दिनहुँ बढ्दै गएको हुँदा सरकार यस्ता घट्ना न्युनिकरणका निम्ती भन्दा पनि आफ्नो आयु लम्बाउनतर्फ लागेको बताए । उनले शान्ति समाज हिंसात्मक घट्नाको विरोध गर्दै सधै शान्तिको पक्षमा उभिने संस्था भएको हुँदा सवै वर्ग र समाज सँग सापिप्यता गाँस्ने बताए ।

कार्यक्रममा युवा विद्यार्थी नेता हरिहर शर्मा, महिला मानव अधिकारकर्मी शकुन्तला शर्मा, हुमा रिजाल, नेपाल ट्रेड युनियन काँग्रेस बागलुङका अध्यक्ष ईश्वर ठाकुर पौडेल, बागलुङ उद्योग बाणिज्य संघका सदस्य गणेश लम्साल नेपाल पत्रकार महासंघका जिल्ला सदस्य नारायण रिजाल, विद्यार्थी नेता श्रीकृष्ण पौडेल लगायतले वर्तमान सरकारको संसद विघटनको प्रक्रिया प्रतिगमनको बाटो भएको बताएका थिए ।

साधारण सभा मानव अधिकार तथा शान्ती समाज बागलुङका सभापति लक्ष्मीकान्त पौडेल राजेन्द्रको अध्यक्षता सदस्य निलकण्ठ शर्माको स्वागत र सचिव हरि शर्मा हरिशको संचालनमा सम्पन्न भएको छ ।

साधारण सभा तथा अधिवेशनले हरि शर्मा ‘हरिश’को सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उप–सभापतिमा पुर्णमायाँ वि.क., सचिवमा निलकण्ठ शर्मा, सह–सचिवमा बालकृष्ण शर्मा, र कोषाध्यक्षमा फणिन्द्र आचार्यलाई चयन गरेको छ ।

समितिको सदस्यहरुमा सुरक्षा खड्का,प्रमिला शर्मा, ईश्वरठाकुर पौडेल, गोविन्द्र शर्मा, नारायण प्रसाद पौडेल, हरि गौतम जानुका पन्तलाई चयन गरेको निर्वाचन समितिका सदस्य हरिहर शर्माले जानकारी दिए । नयाँ निर्वाचित अध्यक्ष शर्माले आफ्नो कार्यकालमा मानवअधिकारको क्षेत्रलाई अझै ससक्त बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here