बागलुङमा ५ दिने निःशुल्क पत्रकारिता तालिम सुरु

बागलुङ, २१ माघ । सक्षम पत्रकार सशक्त महासंघ भन्ने मुल नारासाथ नेपाल पत्रकार महासंघ बागलुङको आयोजनामा निशुल्क पत्रकारिता तालिम शुरू भएको छ ।

जिल्ला समन्वय समिति बागलुङका संयोजक राजेन्द्र ढुंगानाले मुलकमा राजनीति अस्थिरता भइरहेको समयमा राज्यको चौथो अंग पत्रकारको भुमिका अझै सशक्त हुनुपर्ने बेला आएको धारणा राखेका थिए ।

कार्यक्रममा बागलुङ नगरपालिका बरिस्ठ योजना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदी, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी, नेपाल पत्रकार महासंघका निर्वतमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, नेपाल प्रेस युनियनका अध्यक्ष प्रदीप पन्तले पत्रकाररिता क्षेत्रमा नयाँ पुष्टाको आकर्षण बढिरहेको समयमा यस्ता खालको तालिम प्रभावकारी हुने हुदा तालिम भइरहनु पर्ने धारणा राखेका थिए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरीष को अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मनतब्य नेपाल पत्रकार महासंघका सदस्य नारायण रिजालले कार्यक्रम संचालन सचिव राम थापाले गरेका थिए ।

५ दिनसम्म संचालन हुने निःशुल्क पत्रकारिता तालिममा ४० जनाको सहभागीता रहेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here