अर्जुन कार्की
बागलुङ, २० माघ । जिल्ला क्रिकेट विकास समिति बागलुङले आयोजना गरेको प्रथम शहिद कप टि–२० क्रिकेट प्रतियोगिताको उपाधि धौलागिरी क्रिकेट क्लबले चुमेको छ । मंगलबार भएको फाइनल खेलमा धौलागिरीले बागलुङ क्रिकेट क्लब २२ रनमा पराजित गर्दै उपाधि उचालेको हो ।

धौलागिरी क्रिकेट क्लबले प्रस्तुत गरेको १ सय ४६ रनको विजयी लक्ष्य पक्ष्याएको बागलुङ क्रिकेट क्लब २० ओभरमा ५ विकेट गुमाएर १ सय २३ रनमा समेटियो ।

सुरुवातदेखि सुस्त देखिएको बागलुङले चौथो ओभरमा ९ रन जोड्दा धिरज शाहिको बलमा मुख्य व्याट्सम्यान रमेश बस्नेत व्यक्तिलाई व्यक्ति ३ रनमा आउट भएका थिए । सुरुवातमै विकेट गुमाएको बागलुङलाई ओपनर विश्व कार्की र बुद्धि बहादुर थापाले समालिएर व्याटिङ गरेपनि ४४ रन जोड्दा बुद्ध २१ ब्लमा १२ रन जोड्दै आउट भएपछि झन दबाबमा आएको थियो ।

 

बागलुङको लागि विश्व कार्कीले ३१ बलमा २४ रन र सुवास भण्डारीले २५ बलमा २३ रन बनाउनु बाहेक अन्य खेलाडीको प्रर्दशन सम्झना लायक रहेन ।

धौलागिरीको लागि तेजेन्द्र घर्ती मगरले ४ ओभरमा २४ रन खर्चेर २, जगत छन्त्याल, धिरज शाहि र सन्देश खड्काले समान १/१ विकेट लिए ।

यस अघि टस जितेर पहिले व्याटिङ गरेको धौलागिरीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो ।

धौलागिरीले ११ रन जोड्दा तेस्रो ओभरमा ओपनर साहिल कार्कीले ६ रनमा विकेट गुमाएपछि ओपनर अनिश जिसीले समालिएर व्याटिङ गरेपछि समानजन स्कोरमा पुगेको थियो । जिसीले ३३ बलमा ४१ रन जोड्दै प्रतियोगिताका उत्कृष्ट बलर सन्दिप पन्तलेको बलमा विकेट गुमाएका थिए ।

धौलागिरीको लागि सन्देश खड्काले ५ बलमा १७ रन बनाए । धिरज शाही १५ रनमा अविजित रहँदा तेजेन्द्र घर्ति मगरले १४, दिनेशजंग बुढा मगरले १४, सचिन अधिकारीले १२ र कप्तान दिपक कुँवरले १० रनको योगदान दिए ।

बागलुङ क्रिकेट क्लबका विश्व कार्की, सन्दिप पन्त र गणेश थापाले समान २/२ विकेट लिए । म्यान अफ दि फाइनल धौलागिरीका सन्देश खड्का घोषित भए ।

उपाधि जितेको धौलागिरी क्रिकेट क्लबले १५ हजार रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छभने उपविजेता बागलुङ क्रिकेट क्लबले ८ हजार रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी कुश्मा क्रिकेट क्लब ‘ए’का अविशेक थापा घोषित भएका छन् । उनले प्रतियोगितामा ३ खेल खेल्दै १ सय २६ रन बनाउँदै ५ विकेट लिएका थिए । यस्तै उत्कृष्ट बलर विसिसिका सन्दिप पन्त घोषित भएका छन् । उनले ३ खेलमा १६ ओभर बलिङ गर्दा ३ मेडन राखेर ७० रन खर्चदै १५ विकेट लिएका थिए । यस्तै उत्कृष्ट व्याट्सम्यानमा प्रतियोगितामा १ सय १९ रन बनाए विसिसिका रमेश बस्नेत घोषित भएभने प्रतियोगिताको उद्यमान खेलाडी मालिका सेवा समाजका जस्मीन थापा घोषित भएका छन् ।

प्रतियोगिताका विजेता र उपविजेता खेलाडीहरुलाई बागलुङ नगरपालिकाका उपमेयर सुरेन्द्र खड्का, प्याव्सनका केन्द्रिय सदस्य विजयराज पन्त र जिल्ला क्रिकेट विकास समिति बागलुङका अध्यक्ष विष्णु आचार्यले पुरस्कार वितरण गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here