
बागलुङ, १९ माघ । भिरलाङ्खुरी खेलकुद परिवारले आयोजना गरेको सेभेन ‘ए’ साईड फुटबल प्रतियोगिताको उपाधि रिभर बिचले उचालेको छ ।
सोमबार भएको फाइनल खेलमा रिभर विचले लाल दुर्गा ‘बी’लाई ३–२ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
प्रतिस्पर्धात्मक खेलमा रिभर विचको लागि कमल थापा र गणेश लामिछानेले १–१ गोल गरेभने एक गोल लाल दुर्गाका खेलाडीले आत्माघाति गर्न पुगेका थिएभने लाल दुर्गाले दुई गोल गरेको थियो ।
उपाधि जितेको रिभर विचले ४० हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्योभने उपविजेता लाल दुर्गाले २० हजार रुपैयाँ र ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी रिभर विचका कमल थापा, उत्कृष्ट गोल रक्षक अन्जान क्षेत्री, उत्कृष्ट मिडफिल्डर दिलिप थापा, अनुशासित खेलाडी अमन बोहोरा घोषित भए । प्रतियोगिताको उच्च गोलकर्ता प्रकाश किसान र उत्कृष्ट खेल प्रस्तुत गरेको भन्दै मिल बोहोरालार्य पनि सम्मान गरिएको थियो ।









