बागलुङमा ‘प्रथम शहिद कप’ टि–२० क्रिकेट प्रतियोगिता हुने

बागलुङ, १४ माघ । जिल्ला क्रिकेट विकास समिति बागलुङले शहिद दिवसको अवसरमा प्रथम शहिद कप टि–२० क्रिकेट प्रतियोगिता गर्ने भएको छ ।

समितिले माघ १६ गतेदेखि २० गतेसम्म संचालन गर्ने प्रतियोगितामा ६ टिमले भाग लिने जनाएको छ । समितिका अध्यक्ष विष्णु आचार्यले प्रतियोगितामा साविकको धौलागिरी अञ्चलका जिल्लाका खेलाडीहरुले मात्र भाग लिन पाउने जानकारी दिनुभयो ।

उहाँले जिल्लामा क्रिकेटका खेलाडीहरु उत्पादन गर्न र खेलाडीहरुलाई प्रोत्साहन गर्नको लागि प्रतियोगिताको आयोजना गरिएको जानकारी दिनुभयो । ‘साविकको धौलागिरी अञ्चलका चार जिल्लामा क्रिकेट खेलाडीहरु उत्पादन गर्नको लागि प्रतियोगिताको आयोजना गरिएको हो,’ अध्यक्ष आचार्यले भने–‘प्रतियोगिताले खेलाडीहरुलाई प्रोत्साहन गर्ने र खेलाडीहरुलाई आफ्नो स्तरको मापन गर्न र समस्या औल्याउन सहयोग गर्ने उद्देश्य लिइएको छ ।’

प्रतियोगिता हरेक वर्ष आयोजना गरिने अध्यक्ष आचार्यले बताउनुभएको छ ।

अध्यक्ष आचार्यले प्रतियोगिता लिगकम नकआउटको आधारमा हुने बताउनुभयो । उहाँले प्रतियोगिता अन्तरगत समुह ‘ए’मा बागलुङ क्रिकेट क्लब, न्यू एरा क्रिकेट क्लब, कुश्मा क्रिकेट क्लब ‘ए’ रहेको र समुह ‘बि’मा मालिका सेवा समाज, धौलागिरी क्रिकेट क्लब र कुश्मा क्रिकेट क्लब ‘बि’ रहेको बताउनुभयो ।

प्रतियोगितामा लिग चरण अन्तरगत हरेक दिन दुई खेल हुने र दुवै समुहबाट शिर्ष दुईमा रहने टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ र उपविजेताले ८ हजार रुपैयाँ प्राप्त गर्ने अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here