सम्मानित हुँदै सहकारीकी सहसचिव उषा पौडेल

बागलुङ, १८ पुस । बागलुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९ औं बार्षिक साधारणसभाबाट अशोक गोविन्द राजभण्डारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको छ ।

सहकारीको शनिबार सम्पन्न साधारणसभाले उपाध्यक्षमा दुर्गादत्त आचार्य, सचिवमा हरि प्रसाद गौतम, कोषाध्यक्षमा राजेन्द्र शाक्य र सहसचिवमा उषा पौडेललाई चयन गरेको हो । यस्तै सदस्यहरुमा अर्जुन घिमिरे, रघुनाथ राजभण्डारी, निर्मला जिसी पन्त, दर्शन श्रेष्ठ, किरिस्न शर्मा, लक्ष्मी शाक्य, सरिता थापा र विश्वास राजभण्डारीलाई चयन गरेको छ ।

साधारणसभाले रामचन्द्र शर्माको संयोजकत्वमा तीन सदस्य लेखा समिति गठन गरेको छ । लेखा समिति सदस्यहरुमा राजन श्रेष्ठ र विष्णु लम्साल चयन हुनुभएको छ ।

सहकारीको साधारणसभाको उद्घाटन सहकारीका संरक्षक देव बहादुर श्रेष्ठले गर्नुभएको थियो । उद्घाटन पछि बोल्दै संरक्षक श्रेष्ठले सहकारीले आफ्नो उद्देश्य अनुरुप पसल संचालन गरि शेयर सदस्यहरुलाई सेवा प्रवाह गरेको भन्दै शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा सहकारीमा काम गरि विदाई हुन लागेका प्रबन्धक यज्ञ शर्मा, क्यासियर कल्पना शर्मालाई सम्मानित गरिएको थियोभने संचालन समितिमा बसेर उत्कृष्ट काम गरेको भन्दै सचिव योगनाथ कंडेल र सहसचिव उषा पौडेललाई पनि सम्मानित गरिएको थियो ।

कार्यक्रममा ग्रिन डेपलपमेन्ट बैंकका अध्यक्ष गणेश श्रेष्ठ, बागलुङ नगरपालिका वडा नम्बर ३ की वडाअध्यक्ष लक्ष्मी बाँस्कोटा, सहकारीका निर्वाचन संयोजक काजीगाउँले श्रेष्ठ, बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष दुर्गा बहादुर कुँवर, एकता सहकारीका अध्यष ध्रुव शर्मा, साहित्यकार काजी रोशन, सम्मानित सहसचिव उषा पौडेल, प्रबन्धक यज्ञ शर्माले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सहकारीका सचिव योगनाथ शर्मा कंडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/०७७ को प्रगति प्रतिवेदन र कोषाध्यक्ष राजेन्द्र प्रसाद शमाक्यले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन साधारणसभाबाट सर्वसम्मत पारित भएको छ ।

सहकारीका अध्यक्ष अशोक गोविन्द राजभण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत उपाध्यक्ष दुर्गादत्त शर्मा आचार्य र संचालन सचिव योगनाथ शर्मा कंडेलले गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here