बागलुङ, १८ पुस ।  काठेखोला गाउँपालिका–८ लेखानीको काशिराम प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।

लायन्स क्लब अफ बागलुङ पिस टाउनले शुक्रबार विद्यालयका ४३ जना विद्यार्थीहरुलाई स्वीटर, टोपी, कापी र कलम सहित स्टेशनरी र मास्क वितरण गरेको अध्यक्ष रमा घिमिरेले जानकारी दिनुभयो ।

अध्यक्ष घिमिरेले डिस्ट्रिक्ट गर्भनर लायन मन बहादुर रोकाको यस वर्षको नारा नर्चर द फूयूचर अन्तरगत विद्यालय कार्यक्रम अनुसार विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको बताउनुभयो । उहाँले क्लबको नारा नै हामी सेवा गछौं भन्ने रहेकोले मानविय सेवा सदैव आफुलाई अग्रभागमा राखेर सेवा गरेको र जहाँ वित पर्छ त्यो ठाउँमा लायन्स सदैव सेवाको लागि तयार रहेको बताउनुभयो ।

कार्यक्रममा डिस्ट्रक डिस्ट्रक्ट ३२५ बि १ का जोन चेयरपर्सन लायन गोविन्द बहादुर पौडेल, काठेखोला गाउँपालिका वडा नम्बर ८ लेखानीकी वडाअध्यक्ष चित्रकला छन्त्याल, काशिराम प्राथमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिल प्रसाद पुन, विद्यालयका प्रधानाध्यापक दिल बहादुर काउचा, क्लवका संस्थापक अध्यक्ष सनिशा घर्ति र सचिव सिता पुनले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

क्लबकी अध्यक्ष रमा घिमिरेको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको स्वागत मन्तव्य लक्ष्मी पन्त र संचालन सचिव देवी कार्कीले गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here