बागलुङ, १८ पुस । युवाहरुको संस्था मिसन नेपालले मानव सेवा आश्रम बागलुङलाई न्यानो कपडा प्रदान गरेको छ । आज आश्रममा आयोजित एक कार्यक्रमकाबीच २० जोर ट्रयाकसुट प्रदान गरिएको मिसन नेपाल बागलुङका सचिव खिमकुमार थापाले जानकारी दिनुभयो ।

कार्यक्रममा मिसन नेपालका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष भरतप्रसाद पाठकसहित कार्यसमितिका पदाधिकारी, सदस्यलगायत सहभागी थिए । मिसन नेपाल बागलुङको कार्यसमिति गठन पनि आजै गरिएको थियो ।

मिसन नेपाल सामाजिक विकृति, विसङ्गती विरुद्धको अभियानमा सक्रिय छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here