
बागलुङ, १७ पुस । बागलुङ जिल्लाको गल्कोट नगरपालिकामा शुक्रबार दुई जना स्वास्थ्यकर्मी सहित चार जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा गल्कोट नगरपालिका वडा नम्बर ८ का ४६ र २३ बर्षिय दुई जना पुरुष, वडा नम्बर ५ का ३६ बर्षिय एक जना पुरुष र ३२ बर्षिया एक जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।
उहाँले संक्रमितहरु मध्य ४६ बषिय एक जना पुरुष र ३२ बर्षिया एक जना महिला स्वास्थ्यकर्मी रहेको र ३६ बर्षिय एक जना पुरुष कार्यालय सहयोगी रहेको बताउनुभयो । संक्रमितहरुलाई आइसोलेसनमा राखिएको छ ।
यससँगै बागलुङमा कोरोना संक्रमितहरुको संख्या ९ सय १२ पुगेको छ । त्यसमध्य ८ जनाको मृत्यु भएको छभने २१ जना सक्रिय संक्रमितहरु रहेका छन् ।









