आज २०७७ साल पुष १७ गते शुक्रवारको राशिफल

आज २०७७ साल पुष १७ गते शुक्रवार,
तदअनुसार जनवरी १ , २०२१
– ज्यो.प. नारायणप्रसाद दुलाल

आजको राशिफल
मेष
अधुरो काम पूरा हनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।
वृष
आम्दानी प्रशस्तै बढ्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।
मिथुन
नयाँ कमको थालनी हुनेछ । धार्मिक यात्राको योगछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । अचल सम्पत्ति हात पर्ला ।
कर्कट
अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्र बाट विशेष सहयोग पाईनेछ ।
सिंह
आज काममा केही चुनौती आइलाग्लान् । मन खिन्न हुने स्थिति आउनसक्छ । बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ ।
कन्या
नयाँ सवारी साधन प्राप्तिको योग छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ ।
तुला
श्रमको उचित मुल्याङ्कन हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला ।
वृश्चिक
काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेम र मित्रताको बन्धन कसिने बेलाछ । वैदेशिक कार्य अघि बढ्नेछ ।
धनु
स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला । अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।
मकर
आज प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण भईएला । कार्य सम्पादनमा सहजता मिल्नेछ ।
कुम्भ
पराक्रम र उत्साह बढ्नेछ । प्रतिस्पर्धी परास्त होलान् । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला ।
मीन
आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । बौद्धिक काममा सफलता मिल्नेछ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here