आज २०७७ पुष १५ गते बुधवारको राशिफल

आज २०७७ साल पुष १५ गते बुधवार,
तदअनुसार डिसेम्बर ३० , २०२०
– ज्यो.प. नारायणप्रसाद दुलाल

आजको राशिफल
मेष
दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आत्मिक सन्तुष्टि मिल्नेछ । शुभकार्यको चर्चा रहला ।
वृष
आज आफ्नो वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । वाहान लाभ हुने समय छ । जोश जाँगर र हिम्मत बढ्नेछ ।
मिथुन
आज बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । स्वास्थ्यमा
सुधार आउला ।
कर्कट
आज घर व्यवहारमा झमेला आनसक्छ । मनमा दुविधा उत्पन्न हुनेछ । पारिवारिक समस्या आइपर्ला । विचार गरेर निर्णय लिनु उचित रहनेछ ।
सिंह
आज रचनात्मक कार्यबाट अरूको मन जित्न सकिनेछ । व्यापार व्यवसायमा प्रगति होला । नयाँ कार्य वा रोजगारको अवसर पनि मिल्नेछ ।
कन्या
आज आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छ ।
तुला
श्रमको उचित मुल्याङन हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । धर्र्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ कामको थालनी हुनेछ ।
वृश्चिक
आज सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । द्रुत गतिमा सवारी चलाउँदा विपत्ति आइलाग्न सक्छ, सचेत रहनुहोला ।
धनु
आज सद्विचारले अभिप्रेरित हुनेहरूलाई बढी लाभ मिल्दै जानेछ । प्रेममा सफलता पाईनेछ । महिला वर्ग बाट विशेष सहयमेग मिल्नेछ ।
मकर
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । पारिवार संग रमाइलो भेटघाट हुनेछ । प्रेममा मधुरता छाउला । शैक्षिक
क्षेत्रमा सफलता मिल्नेछ ।
कुम्भ
दिन मनोरञ्जनपूर्ण रहनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । व्यवसायका लागि यात्रा सम्भावना छ, तर घरायसी
व्यवहारबाट टाढै बस्नु होला ।
मीन
लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here