आज २०७७ साल पुष १३ गते सोमवारको राशिफल

आज २०७७ साल पुष १३ गते सोमवार,
तदअनुसार डिसेम्बर २८, २०२०
– ज्यो.प. नारायणप्रसाद दुलाल

आजको राशिफल
मेष
महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । मनमा भएको तनाव हटेर मन प्रसन्न हुनेछ । घरमा अतिथीको आगमन हुनेछ । पढाइमा प्रगति हुनेछ ।
वृष
आजको दिनमा प्रतिष्ठित काम गर्ने मौका छ । आत्म–विश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।
मिथुन
आज आलस्य र थकानको अनुभूति हुनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । आर्थिक सङ्कटले सताउनेछ ।
कर्कट
बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । रोजगारको अवसर मिलनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । समय उत्साहवर्द्धक नै रहला ।
सिंह
नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ ।
कन्या
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ ।
तुला
मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । मुद्दा मामिला आइलाग्नेछ ।
वृश्चिक
मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । रमणीय र सुखद् यात्रा हुनेछ ।
धनु
नसोचेको ठाउँबाट धन हात पर्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काममा हात हाल्ने समय छ । व्यवसायिक क्षेत्र लाभप्रद रहनेछ ।
मकर
आज गरेका कामबाट राम्रै लाभ हुनेछ । मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ ।
कुम्भ
आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । छोटो दुरीको लाभदायक यात्रा रहला ।
मीन
अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा रहनेछ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here