नेकपा बागलुङको पूर्ण बैठक बस्दैः ओली पक्षबाट नजान निर्देशन

smart

बागलुङ, १२ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटि बागलुङको पूर्ण बैठक आईतबार दिउँसो १ बजेलाई आव्हान गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला पार्टी कार्यालय बागलुङको नामबाट पूर्ण बैठकको आव्हान गरिएपनि पार्टी विभाजन भएकोले उपस्थित हुन र नहुनको लागि दुवै पक्षबाट सदस्यहरुलाई खबर गरिएको छ ।

‘आज दिउँसो १ बजे जिल्ला कमिटीको पूर्ण बैठक भन्दै कार्यालयबाट खबर प्राप्त भएको छ,’ एक जिल्ला सदस्यले आफ्नो नाम नबताउने सर्तमा खबरवे अनलाईनलाई भने–‘ओली पक्षकाबाट उक्त बैठकमा नजानको लागि पनि खबर आएको छ ।’

जिल्ला समितिको अध्यक्ष र सचिव नै प्रचण्ड–नेपाल पक्षमा खुलेर लागेको कारण ओली पक्षबाट उक्त बैठकमा उपस्थित नहुन निर्देशन भएको हुन सक्ने जिल्ला सदस्यले जानकारी दिए । पार्टी अध्यक्ष इन्द्रलाल सापकोटा र सचिव ज्ञामनाथ गैरे प्रचण्ड–नेपाल पक्षमा देखिएका छन् ।

नेकपा बागलुङको जिल्ला कमिटिमा १ सय ४५ सदस्य रहेका छन् ।

उक्त बैठकमा जिल्ला कमिटि सदस्यहरु, जिल्ला भित्र कार्य क्षेत्र भएका प्रदेश कमिटि सदस्यहरुलाई उपस्थित हुनको लागि पार्टी कार्यालयले आव्हान गरेको छ ।

यस्तै नेकपा फुटेपछि बागलुङ जिल्लाको जिल्ला कार्यालयमा समेत प्रचण्ड–नेपाल पक्षको बहुमत देखिएको छ । ६ सदस्यीय जिल्ला कार्यालयमा ओली पक्षका एक जना र अन्य पाँच जना प्रचण्ड–नेपाल पक्षमा देखिएको स्रोतले बतायो ।

कार्यालयमा रहेका नेकपा बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटा, सचिव ज्ञामनाथ गैरे, विष्णु भूषाल, फमलाल न्यूरे र लालबहादुर थापा प्रचण्ड–नेपाल पक्षमा रहेको र कृष्ण पाठक ओली पक्षमा रहेको बताइएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here