जनता समाजवादी पार्टीले बागलुङमा निकाल्यो राँके जुलुश (फोटो फिचर)

बागलुङ, ११ पुस । जनता समाजवादी पार्टी बागलुङले प्रतिनिधिसभा विघटनको विरोधमा शनिबार बागलुङ बजारमा राँके जुलुस प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेर देशलाई अस्थिरता तिर धकेलेको भन्दै जनता समाजवादी पार्टी बागलुङले राँके जुलुस निकालेको बताएको छ ।

बागलुङ नगरपालिका–२ पुरानो हुलाक कार्यालय अगाडी रहेको पार्टी कार्यालयबाट निकालेको राँके जुलुसलाई प्रहरीले हस्तक्षेप गरि नियन्त्रणमा लिएको थियो । प्रहरीले राँको बालेको लठ्ठीलाई नियन्त्रणमा लिएपछि समाजवादीका नेता कार्यकर्ता र प्रहरी विच केहि समय भनाभन भएको थियो । उनीहरुले आफुहरुले शान्तिपूर्ण तरिकाले निकाल्न लागेको राँके जुलुसमा प्रहरीले हस्तक्षेप गरेको भन्दै आक्रोशित बनेका थिए ।

प्रहरीले हस्तक्षेप गरेर राँको बालेको लठ्ठी नियन्त्रणमा लिएपछि उनीहरुले नाराबाजी गर्दै समिटचोकमा पुगेर कोणसभा गरेर सम्पन्न गरेका थिए ।

कोणसभामा जनता समाजबाटी गण्डकी प्रदेशका संयोजक प्रकाशराज बगालेले केपी शर्मा ओली गणतन्त्र विरोधी भएको र उनीबाट गणतन्त्रको रक्षा नहुने बताए । प्रदेश सदस्य कृष्ण सापकोटाको संचालनमा सम्पन्न भएको कोणसभामा प्रदेश उपाध्यक्ष याम घर्ती मगर श्रीसले बोलेका थिए ।

तस्विरः अर्जुन कार्की

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here