बागलुङ, १० पुस । बागलुङमा १० महिना पछि खेलकुद प्रतियोगिता सुरु भएको छ । कोरोना महामारीको कारण देशमा लकडाउन भएपछि २०७६ चैत महिनादेखि बागलुङमा कुनै पनि खेलकुद प्रतियोगिता हुन सकेको थिएन ।

सरकारले खेल क्षेत्रलाई खुल्ला गरेको धेरै समय भएपनि बागलुङमा आजदेखि फाइभ ए साइड फुटबल प्रतियोगिता सुरु भएको हो । पावर फिटनेस क्लब बागलुङको आयोजनामा बाङ्गेचौर खेलमैदानमा कोभिड–१९ कप फुटबल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको पहिलो दिन आयोजक पावर फिटनेस क्लब ‘ए’, कुश्मा फुटबल क्लब र निलगिरी फुटबल क्लब विजयी भएका छन् । पावर फिटनेट क्लबले उद्घाटन खेलमा नाङ्गलिबाङ्ग फुटबल क्लबलाई २–० गतेलअन्तरले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । पावर फिटनेट क्लबको जितको लागि इश्वर बोहोरा र दिपेश मल्लले १–१ गोल गरेका थिए ।

यस्तै आज भएको दोस्रो खेलमा कुश्मा फुटबल क्लबले इनसाइड नेपाललाई ट्राइबेकरमा गरेको छ । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि कुश्माले ट्राइबेकरमा इनसाइड नेपाललाई २–१ गोलअन्तरले पराजित गरेको हो । आजै भएको तेस्रो खेलमा निलगिरी युवा क्लबले रिभर विच ‘वि’लाई १–० गोलअन्तरले पराजित गर्यो । निलगिरीको लागि एक मात्र गोल सन्दिप भण्डारीले गरेका थिए ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष रामराज गुरुङ्गले कोरोना महामारीको समयमा सवै सुरक्षित हुँदै खेलकुद प्रतियोगिताहरु संचालन गर्नुपर्ने बताउनुभयो । उहाँले खेल क्षेत्र लामो समय स्थगित रहँदा खेलाडी उत्पादनमा समेत समस्या भएको बताउनुभयो । अध्यक्ष गुरुङले क्लबहरुले प्रतियोगिता संचालन गर्नु जिल्लाको लागि सुखद पक्ष रहेको बताउनुभयो ।

पावर फिटनेस क्लबका अध्यक्ष विकास थापाको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रमको संचालन सुरेश सुनारले गरेका थिए ।

प्रतियोगितामा १९ टिमको सहभागिता रहेको खेल संयोजक सौगात खड्काले बताए । नकआउट चरणमा खेलाइएको प्रतियोगिताको दोस्रो दिन शनिबार पहिलो खेल जयदुर्गा कन्सल्टेन्सी विरुद्ध गुठी युनाइटेड, दोस्रो खेल रेश विरुद्ध मुसुराबारी फुटबल क्लब, तेस्रो खेल रिभर विच ‘ए’ विरुद्ध बलेवा फुटबल क्लब, तेस्रो खेल रशआवर फुटसल विरुद्ध युनाइटेड ४ क्लब, चौथो खेल पावर फिटनेश क्लब ‘वि’ विरुद्ध बागलुङ मनकामना, पाचौ खेल मुलपानी फुटबल क्लब विरुद्ध लाल दुर्गा ‘ए’, छैठौ खेल कुश्मा फुटबल क्लब विरुद्ध लाल दुर्गा ‘वि’ विच हुने प्रतियोगिताका खेल संयोजक खड्काले खबरवे अनलाईनलाई जानकारी दिए ।

सोमबारसम्म संचालन हुने प्रतियोगिताको विजेताले खसी र उपविजेताले दश केजी कुखुरा प्राप्त गर्ने पावर फिटनेस क्लबका अध्यक्ष विकास थापाले जानकारी दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here