नागरिकता सम्बन्धी मुद्धामा फरार रहेका वडाअध्यक्ष केसी अदालतमा हाजिर, १० हजार धरौटीमा छुटे

बागलुङ, ९ पुस । नागरिकता सम्बन्धी मुद्धामा फरार रहेका बागलुङ नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष ध्रुबबहादुर केसी अदालतमा हाजिर भइ धरौटीमा रिहा भएका छन् ।

नागरिकता सम्बन्धी मुद्धामा वडा अध्यक्षलाई पक्राउ गर्नको लागि जिल्ला प्रहरी कार्यालयले पक्राउ पुँजी जारि गरेपछि डेढ महिनादेखि फरार रहेका वडाअध्यक्ष केसी मंगलबार अदालतमा हाजिर भएर बयान दिएपछि १० हजार रुपैयाँ धरौटी तिरेर तारेखमा छुटेका छन् । झुटो विवरण पेश गरेर नागरिकता बनाएको मुद्धामा वडा अध्यक्ष केसी सहित ५ जनालाई अदालतले पक्राउ आदेश दिएपछि जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ पुँजी काटेपछि केसी फरार रहेका थिए ।

झुटो बिवरण पेश गरेर नागरिकता लिने बागलुङ नगरपालिका–६ का पंकज सापकोटा, साक्षी सन्तोष आचार्य र वडा सचिव प्रेमबहादुर खडका यस अघि नै पक्राउ परेका थिए । उनीहरु गत शुक्रवार भएको थुकछेक बहसमा धरौटीमा छुटेका छन् । झुटो विवरण पेश गरेर नागरिकता लिने पंकज सापकोटा नागरिकता लिएकोमा ५० हजार र राहदानी लिएकोमा ६० हजार गरी एक लाख १० हजार धरौटीमा छुटेका छन् । त्यस्तै काका नाता बनाएर सनाखत गर्ने सन्तोष आचार्यलाई ३० हजार रुपैयाँ धरौटीमा छुटाउने आदेश दिएको छ । वडा सचिव प्रेमबहादुर खड्कालाई भने विशुद्ध तारेखमा रिहा भएका छन् ।

सापकोटाले वडा नं. ४ को झुटो बिवरण पेश गर्दै इश्वर आचार्य नाम देखाएर नागरिकता बनाएको भेटिएपछि जिल्ला सरकारी वकिलको कार्यालय बागलुङले सापकोटा सहितलाई प्रतिवादी बनाएर मुद्दा दिएको थियो । पक्राउ पुर्जी जारी भए पनि वडाध्यक्ष धुर्वबहादुर केसी फरार रहेको डेढ महिनापछि अदालतमा हाजिर भएका छन्भने शिक्षक महेन्द्र सापकोटा, र गुरुदक्त अचार्य फरार छन् । वडाध्यक्षले नागरिता सिफारिस, शिक्षकले शैक्षिक पमाणपत्रमा नाम परिवर्तन गरेको र आचार्य नक्कली बाबु भनेको आरोप लागेको छ ।

गत शुक्रबार नागरिता बनाउँदा पेस भएका कागजात राम्रोसँग परीक्षण नगरेको आरोपमा बागलुङका तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारसहित थप तीन कर्मचारी विरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ ।

झुटो विवरण पेस गरी दोहोरो नागरिता लिएको मुद्दामा अनुसन्धान गर्दै जाँदा नागरिकता दिने तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारी धु्रब गिरी, प्रशासकीय अधिकृत कृष्णराज गौतम र नागरिकताको फाँटवाला नासु बिष्णुप्रसाद शर्मा बिरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।

अभिभावक फेरेर दोहोरो नागरिकता लिएपछि सापकोटाले राहदानी समेत बनाएर जापान जाने योजना बनाउनुभएको थियो । । उक्त योजना बारे अदालतमा उहाँले बयान समेत दिनुभएको थियो । मुद्दाको फैसला भने हुन बाँकी छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here