धौलागिरी अस्पतालका दुई जना स्वास्थ्यकर्मी सहित थप ७ जनालाई कोरोना संक्रमण

धौलागिरी अस्पताल, बागलुङ । तस्विरः सिर्जना कार्की

बागलुङ, ७ पुस । धौलागिरी अस्पताल बागलुङका दुई जना स्वास्थ्यकर्मी सहित मंगलबार बागलुङमा थप ७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा धौलागिरी अस्पतालका ३१ र ३३ बर्षिय दुई जना महिला स्वास्थ्यकर्मी सहित बागलुङ नगरपालिका वडा नम्बर १ का २५ र ५० बर्षिय दुई जना पुरुष र ५० बर्षिया एक जना महिला, वडा नम्बर ९ का २३ बर्षिय एक जना पुरुष र काठेखोला गाउँपालिका वडा नम्बर १ का ३० बर्षिया एक जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

कोरोनाको लक्षण देखिएपछि स्वाब संकलन गरि पिसिआर परिक्षण गर्दा उनीहरुलाई संक्रमण पुष्टि भए फोकलपर्सन घिमिरेले बताउनुभयो ।

उनीहरुलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको घिमिरेले जानकारी दिनुभयो ।

आज विहान बागलुङ नगरपालिकाका ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here