नेकपा प्रवक्तामा प्रदिप ज्ञवाली, ओली पक्षले नारायणकाजीलाई हटायो

काठमाडौं, ७ पुस – सत्तारुढ नेकपाको केपी ओली पक्षले प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएको छ ।

बालुवाटारमा जारी भेलाबाट श्रेष्ठलाई प्रवक्ताबाट हटाउँदै प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिइएको सहभागी एक नेताले जानकारी दिए ।

पार्टीको निर्णित मान्यता व्यक्त गर्न नसकेकोले नारायणकाजी श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारीबाट मुक्त गर्दै प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकेको बैठकको निर्णयमा उल्लेख छ ।

श्रेष्ठलाई पार्टी एकताको बेलामा नै प्रवक्ता तोकिएको थियो ।

बैठकले महासचिव बिष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्ताव पारित गर्दै ११ सय ९९ सदस्यीय केन्द्रीय कमिटी अनुमोदन गरेको छ । सोही कमिटीलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्न सकिने विधानमा उल्लेख छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here