बागलुङमा थप चार जनालाई कोरोना संक्रमण

बागलुङ, ७ पुस । बागलुङमा मंगलबार थप चार जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा बागलुङ नगरपालिका वडा नम्बर १३ का ५८ बर्षिय एक जना पुरुष, वडा नम्बर ५ का २९ बर्षिय एक जना पुरुष, वडा नम्बर ३ का २९ बर्षिय एक जना पुरुष र २७ बर्षिया एक जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिडि–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

उहाँले संक्रमितहरुलाई होम आइसोलेसन, अस्पताल र नगरपालिकाको आइसोलेसनमा राखिने जानकारी दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here