पैयुँपाटामा चितुवा मृत फेला

बलेवा, ५ पुस । बागलुङ नगरपालिका–१३ पैयुँपाटाको जलजला भन्ने ठाउँमा मृतावस्थामा चितुवा भेटिएको छ ।

वयस्क भाले चितुवा आज जलजलाको खरबारीमा मृत भेटिएको डिभिजन वन कार्यालय बागलुङका प्रमुख मुकुन्द अधिकारीले बताउनुभयो ।

“बिहान स्थानीयवासीले खबर गर्नुभयो, खरबारीमा मृत चितुवा उहाँहरुले देख्नुभएको रहेछ”, अधिकारीले भन्नुभयो, “वन कार्यालयको टोलीले मृत चितुवा उठाएर ल्यायो ।” के कारणले चितुवा म¥यो भन्न नसकिएको उहाँले बताउनुभयो ।

चितुवाका शरीरमा कुनै चोटपटक छैन । मृत्युको कारण पत्ता लगाउन शवपरीक्षण गरिएको र रिपोर्ट आउन बाँकी छ । रासस

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here