संसद विघटनको विरोधमा बागलुङमा प्रदर्शन, प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन

बागलुङ, ५ पुस । प्रतिनिधिसभा विघटन विरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसका नेता, कार्यकर्ताले बागलुङमा विरोध प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री ओलीको कदमविरुद्ध आइतबार साँझ नेकपा निकट राष्ट्रिय युवा संघ बागलुङ तथा अनेरास्ववियू विद्यार्थी संघ बागलुङले विरोध सभा गरेको थियोभने नेपाली कांग्रेस निकट नेविसंघले प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गरेका थिए ।

अनेरास्ववियू र युवा संघले संयुक्त रुपमा विरोध गर्दै संसद विघटनको प्रतिगामी सिफारिस–खारेज गर्न प्रधानमन्त्रीलाई आव्हान गरेको थियो । लोकतान्त्री चोकमा आयोजना गरिएको विरोध कार्यक्रममा अनेरास्ववियूका केन्द्रिय सदस्य जिवन शर्मा र युवा संघ बागलुङका संयोजक रेशम घर्ती मगरले सरकारले राष्ट्रघाति कदम चालेको सचिनुपर्ने बताएका थिए ।

यस्तै नेपाली काँग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघले धौलागिरी चोकमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । पुत्ला दहनपछि बोल्दै नेपाल विद्यार्थी संघ बागलुङका धौलागिरि क्याम्पस इकाई सभापति दिनेश पन्तले प्रधानमन्त्री केपि ओली श्री ३ बन्न चाहाना अनुसार जननिर्वाचित संसद विघटन गरेर निरंकुशता लाद्ने कोसिस गरेको बताएका छन् । उनले प्रधानमन्त्रीले लोकतान्त्रिक गणतन्त्र र संघियता लगायत अहिलेको संविधान माथि नै प्रधानमन्त्रीले धावा बोल्ने काम गरेको बताए ।

पुत्ला जलाउँदै नेविसंघका कार्यकर्ताले प्रधानमन्त्री, राष्ट्रपति र वर्तमान सरकार विरुद्ध नाराबाजी समेत गरेका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here