राष्ट्रपति कार्यालयको त्यो ६ घण्टा…

काठमाडौं, २ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश स्वेच्छाचारी र संविधानकै पनि विपरीत भएकाले त्यसलाई रोक्नका लागि विशेष अधिवेशन मागसहितको पत्र लिएर स्थायी कमिटी सदस्य भीम रावल र पम्फा भुसाल दिउँसो १२ बजेर ४८ मिनेटमा राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए ।

पत्रमा प्रतिनिधिसभाका ८३ जना सांसदको हस्ताक्षर थियो । उनीहरूले राष्ट्रपति कार्यालयका सचिव हरि पौडेललाई भेटेर निवेदन दर्ता गरिदिन आग्रह गरे । पौडेलले करिब सवा १ बजेतिर पत्र बुझे र फाइल दर्ता गराउँछु भनेर निस्किए । ‘उहाँले म तपाईंहरूलाई दर्ता नम्बर दिन्छु र जानकारी गराउँछु भनेर जानुभयो,’ रावलले भने, ‘त्यसपछि उहाँको फोन अफ भयो, हामी ६ घण्टासम्म कुरेको कुर्‍यै भयौं ।’

पौडेलले रावल र भुसालसँग सम्पर्क पनि गरेनन् ।

बरु बालुवाटारको राजनीतिक घटनाक्रम सहमतिउन्मुख भयो, अध्यादेश र निवेदन दुवै फिर्ता लिन अध्यक्षद्वय सहमत भए । ‘बालुवाटारमा अध्यादेश फिर्ता लिने निर्णय भएछ, त्यसैले हामी ६ घण्टापछि निवेदन दर्ता नगरी फर्कियौं,’ रावलले भने । कान्तिपुर दैनिकमा विस्तृत खबर बिनु सुवेदीले लेखेकी छिन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here